+
+
Shares
बक्स अफिस :

कति बजेटमा बनेको फिल्म होला, जसले डेढ लाख पनि कमाएन ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १५:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘चुंगुल’ले बक्स अफिसमा एक लाख ३८ हजार रुपैयाँ कमाएको छ।
  • जेनजी आन्दोलनलाई पृष्ठभूमिमा राखेर बनाइएको भनिएको ‘चुंगुल’ प्रदर्शनअघि ग्रान्ड प्रिमियर गरिएको थियो।
  • तथ्याङ्कअनुसार नेपालमा औसत २ करोड हाराहारीमा फिल्म बनाइन्छ र न्यूनतम बजेट ५० लाख रुपैयाँ मानिन्छ।

एउटा फिल्म निर्माणका लागि कति बजेट चाहिन्छ ? यो फिल्मको आकार र प्रकार हेरेर निर्धारण हुन्छ। यद्यपि, तथ्याङ्कले भन्छ, नेपालमा औसत २ करोड हाराहारीमा फिल्म बनिरहेका छन् । एकदमै न्यूनतम बजेट भनेको पनि ५० लाख त हुन्छ नै ।

त्योभन्दा कममा सर्ट फिल्म वा म्युजिक भिडियो बन्छ । त्यसो भए हलमा प्रदर्शनका लागि तयार गरिएको फिल्ममा न्यूनतम कति लगानी गरिएको हुन्छ होला ?

सोझो हिसाबले तपाईं अनुमान गर्न सक्नुहुन्छ ।

एउटा फिल्म अहिले प्रदर्शनमा छ, ‘चुंगुल ’। यो फिल्म गत शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको थियो । फिल्म प्रदर्शनअघि तामझामसहित प्रिमियर पनि गरिएकै हो । त्यो पनि ग्रान्ड । जेनजी आन्दोलनलाई पृष्ठभूमिमा राखेर बनाइएको भनिएको यो फिल्मले कति कमाइ गर्‍यो होला ?

बक्स अफिस रिपोर्टको पुच्छरमा यो फिल्मको नाम छ र त्यसको कमाइको अङ्क लेखिएको छ, एक लाख ३८ हजार रुपैयाँ । यो फिल्मको टिकट बिक्री संख्या ४ सय २५ छ ।

फिल्मको यस्तो हरिबिजोग किन भयो होला ? त्यो चाहिँ दैव जानून् ।

निर्देशक/निर्मातालाई यसले राम्रै पाठ सिकाएको हुनुपर्छ । यस्तो पाठ, फिल्म निर्माण कुनै बच्चाको खेल होइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?