+
+
Shares

अपडेट : चीनकाे क्वारेन्टाइन भवन भत्किँदा ४ जनाकाे मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २५ गते १०:१०

२५ फागुन, काठमाडौं । चीनमा कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको ज्यान गएकाे छ । क्वारेन्टाइन भवन भत्किएर फसेका २२ मध्ये ४ जनाको ज्यान गएको हो ।

चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल शनिबार भत्किएको हो । अझै भग्नावशेष भवनमा मानिसहरू फसिरहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

चीनको सरकारी माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, भत्किएको होटलमा ७० जना फसेका थिए । तीमध्ये ४७ को उद्धार गरिएको छ । फसेका अन्य व्यक्तिको उद्धार प्रयास भइरहेको जनाइएको छ ।

फुजियानको दक्षिणी प्रान्तमा अवस्थित क्वारेन्टाइन स्थल भत्किएसँगै उद्धारकर्ताहरूले फसेकाहरूको उद्धार कार्य भइरहेको सार्वजनिक भिडियोहरूमा देख्न सकिन्छ ।

सुविधासम्पन्न पाँचतले होटल भत्कनुको कारण अहिलेसम्म खुलेको छैन ।

हेबेई प्रान्तको वुहान उद्गम भएर फैलिएको कोरोना भाइरसबाट चीन सबैभन्दा प्रभावित छ । आइतबार बिहानसम्ममा यहाँका ३ हजार ७० मानिसको कोरोनाका कारण ज्यान गएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार संक्रमितको संख्या विश्वभर १ लाख नाघ्दा चीनमा मात्रै ८० हजार ६ सय ५१ जना मानिसमा यसको लक्षण देखापरेको छ । यद्यपि, संक्रमण दर र संक्रमितले स्वास्थ्यलाभ गर्ने दर भने पछिल्ला केही दिनयता बढेको चीनको दाबी छ । ५६ हजार ९ सय ३ जना संक्रमित भने स्वास्थ्य लाभ गरेर घर फर्केकाे सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?