Comments Add Comment

लिभरपुलको पुनारागमन जित

२५ फागुन, काठमाडौं । लिग लिडर लिभरपुलले प्रिमियर लिगमा एएफसी बर्नमाउथविरुद्ध पुनारागमन जित हासिल गरेको छ ।

शनिबार भएको खेलमा घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर लिभरपुलले बर्नमाउथलाई २–१ ले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सालाह र साडियो मानेले १–१ गोल गरे । बर्नमाउथका कलुम विल्सनले एक गोल गरे ।

एनफिल्ड मैदानमा खेलको नवौं मिनेटमै विल्सनले गोल गर्दै बर्नमाउथलाई पहिले अग्रता दिलाएका थिए । तर अग्रता लामो समय टिकेन । २५ औं मिनेटमा सालाहले लिभरपुलका लागि बराबरी गोल फर्काए । खेलको ३३ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए ।

जितपछि २९ खेलमा ८२ अंक जोडेको लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २५ अंकको अग्रता बनाएको छ । सिटीको २७ खेलबाट ५७ अंक छ । लिभरपुललाई अब लिग जित्न ९ अंक आवश्यक छ ।

पराजित बर्नमाउथ २७ अंकसहित पुछारबाट तेस्रो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment