Comments Add Comment

सर्ला त अक्षयको ‘सुर्यवंशी’ ?

अक्षय कुमार स्टारर ‘सुर्यवंशी’ यस वर्षको प्रतिक्षित चलचित्र हो । मार्च २४ मा रिलिज हुने यस चलचित्रलाई दर्शक तथा चलचित्रकर्मीले पनि प्रतिक्षा गरिरहेका छन् ।

तर, विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको त्रासका कारण चलचित्रको रिलिज मिति सर्ने हो कि भन्ने धेरैले अड्कल काटिरहेका छन् । भारतमा पनि कोरोनाको संक्रमण देखिएकाले यस चलचित्रको रिलिज रोकिने हो कि भन्ने धेरैको प्रश्न छ ।

भिडभाड हुने ठाउँमा कोरोनाको संक्रमण बढि हुने हुदाँ चलचित्र हलमा दर्शक नआउने डर निर्माण पक्षलाई नभएको होइन । तर, चलचित्रलाई सारिहाल्ने पक्षमा निर्माणपक्ष देखिएको छैन । चलचित्रका निर्देशक रोहित सेट्ठी चलचित्रको प्रचार-प्रसारमा राम्रै लगानी भइसकेकाले चलचित्र नसर्ने बताउँछन् ।

गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘बाघी ३’ले दर्शकको उत्साहजनक साथ पाएको छ । यस चलचित्रको व्यापारलाई कोरोनाको असर देखिएन । त्यसैले रोहित सेट्ठी पनि आफूले तोकेको मितिमा चलचित्रलाई रिलिज गर्ने पक्षमा छन् ।

‘सिंघम’ र ‘सिम्बा’को सिरिज चलचित्र ‘सुर्यवंशी’मा सिंघम स्टार अजय देवगण र सिम्बा स्टार रणवीर सिंह पनि देखिनेछन्‍ । कट्रिना कैफ चलचित्रकी मुख्य नायिका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment