Comments Add Comment

के हो हेयर स्मुथिङ ?

हेयर स्मुथिङ भनेको केशलाई प्रोटिन प्रदान गर्ने एउटा अत्याधुनिक प्रविधि हो । यसले कल गरिएको तथा बिग्रिएको केशलाई स्वस्थ तथा सुन्दर बनाउने काम गर्छ । हेयर स्मुथिङ भनेको हेयर केराटिनकै एउटा स्वरुप हो । यसका लागि एउटा छुट्टै केश धुने स्याम्पू (क्युरिफाइन स्याम्पू) पाइन्छ । यसले केश धोएर तीस प्रतिशत सुकाएपछि स्मुथिङ ट्रिटमेन्ट क्रिम लगाउनुपर्छ । त्यसपछि केशलाई केस्रा–केस्रामा छुट्याएर ड्रायरले सेट गरिन्छ ।

यो प्रविधिद्वारा ५० प्रतिशत आइरन तथा ५० प्रतिशत ड्रायरको काम हुन्छ । यसलाई ८ घण्टा राखेपछि पहिला केराटिन अथवा स्मुथिङ स्याम्पू अनि त्यसपछि कन्डिसनर लगाएर पाँच मिनेट छाडिदिनुपर्छ । त्यसपछि सफा पानीले केश सफा गर्नुपर्छ । हेयर स्मुथिङ गर्नका लागि विशेष प्रकारको तालिमको आवश्यकता पर्दछ । त्यसैले यसलाई घरमा आफैंले गर्नु गाह्रो हुन्छ ।

केशको हेरचाह गर्ने तरिका

क्लोरिनयुक्त पानी तथा धूवाँ–धूलो अनि प्रदूषणबाट जोगिने, स्मुथिङ स्याम्पु तथा कन्डिसनर नै प्रयोग गर्नुपर्छ । त्यस्तो केशमा रेगुलर स्याम्पु प्रयोग गर्न मिल्दैन । त्यस्तो स्याम्पु लगाउनले केशको प्रोटिन उड्छ ।

साइड इफेक्ट

यसको कुनै साइड इफेक्ट छैन, किनभने लामो समय लगाएर विशेषज्ञहरूको अनुसन्धानपछि पत्ता लगाइएको विधि भएकाले यसमा प्रयोग गरिने प्रसाधनहरु पूर्ण रुपले प्रमाणित छन् । त्यसैले यसलाई अप्राकृतिक भन्न मिल्दैन ।

खर्च

यसमा उच्च गुणस्तरीय विदेशी सामग्री प्रयोग हुने भएकाले यो प्रविधि महँगो छ । यसमा ३० देखि ३५ पटक केश धुनसक्ने यसको अवधि हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment