Comments Add Comment

ठोरीमा सर्पदंश उपचार केन्द्र स्थापना

२५ फागुन, काठमाडौं । पर्साको ठोरी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।

ठोरी गाउँपालिका-४ पानीटंकीस्थित आर्मी ब्यारेकमा स्थापना भएको सर्पदंश केन्द्रको उद्घाटन आइतबार एक कार्यक्रमको बीच गरिएको छ ।

नेपाली सेनाका सहायक रथी अनुपजंग थापा र गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले संयुक्त रुपमा सर्पदंश उपचार केन्द्रको उद्घाटन गरेको स्थानीय युवा समाजसेवी निमा पाख्रिनले जानकारी दिए ।

नेपाली सेनाको प्राविधिक सहयोग र गाउँपालिकाको व्यवस्थापनमा उक्त सर्प दंश केन्द्र सञ्चालन हुने उनले बताए ।

समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट वर्षेनी यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउँदै आउनु परेको थियो ।

सर्प दंश उपचार केन्द्र स्थापना भएसँगै सर्पले डसेका बिरामीलाई उपचारका लागि वीरगञ्ज वा चितवनको भरतपुर लैजानु पर्ने अवस्थाको अन्त्य हुने अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाली सेनाका सहायक रथी थापा, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जन, गाउँपालिकाका अध्यक्ष श्रेष्ठ, वडाध्यक्ष वइबहादुर पाख्रिन लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment