Comments Add Comment

फुडमान्डु प्रकरणमा साइबर ब्युरोले अनुसन्धान थाल्यो

२६ फागुन, काठमाडौं । अनलाइनमार्फत खाना र खाजा डेलिभरी गर्ने फुडमान्डुको वेवसाइटका ग्राहकको व्यक्तिगत विवरण चोरिएको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको साइबर ब्युरोले प्रकरणमाथि अनुसन्धान थालेको हो ।

कम्पनीले प्रहरीलाई दिएको मौखिक उजुरीका आधारमा छानविन थालिएको ब्युरोका एक अधिकृतले अनलाइनखबरलाई बताए । ती अधिकृतका अनुसार मंगलबार लिखित रुपमा जाहेरी परेपछि विस्तृत अनुसन्धान अघि बढ्नेछ ।

वेवसाइटबाट ह्याकरले करिब ५० हजार ग्राहकको व्यक्तिगत विवरण चोरी गरेर सार्वजनिक प्लेटफर्ममा अपलोड गरेका थिए । तर, अहिले ती विवरण हटाइसकिएको छ ।

शनिबार राति वेवसाइटबाट ग्राहकको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरण चोरी भएको थियो । कम्पनीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कमजोरी भएको स्वीकारेको छ । र, सच्चाइसकेको बताएको छ ।

अपराधिक मानसिकता देखिँदैन : प्रहरी

घटनाको प्रारम्भिक अनुसन्धानमा संलग्न अधिकृतका अनुसार प्रकरणको पछाडि अपराधिक मानसिकता देखिँदैन । अहिलेसम्मको विश्लेषणबाट डाटा चोरीले मात्रै थ्रेट देखिने स्थिति नरहेको उनले बताए ।

‘साइट पनि डाउन भएको छैन, ह्याक वा मिसयुज पनि छैन’, ती अधिकृतले अनलाइनखबरसँग भने, ‘कसैले मेरो क्षमता यति छ भनेर देखाउनलाई पनि गरेको हुनसक्छ ।’

उनले कम्पनीलाई हानी नगरेपछि सेवाग्राहीको गोपनियतामा भने प्रश्न उठेको छ । त्यसैले अनलाइनको माध्यमबाट ठूलो संख्यामा सेवाग्राहीसँग जोडिने कम्पनीले फेयरवालको लेयरलाई बलियो बनाउनुपर्ने सुरक्षाविज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment