Comments Add Comment

सुडानका प्रधानमन्त्रीको हत्या प्रयास

२६ फागुन, काठमाडौं । सुडानका प्रधानमन्त्री अबदल्ला हामदोकको हत्या प्रयास भएको छ ।

राजधानी खार्तुममा उनी चढेको कारलाई लक्षित गरी बम विस्फोट गराइएको हो । ‘प्रधानमन्त्री आफैंले ड्राइभ गरेको कारलाई लक्षित गरी विस्फोटगराइएको छ, तर कसैलाई क्षति भएको छैन’ प्रधानमन्त्री कार्यालयले समाचार संस्था एएफपीसँग भनेको छ ।

घटनापछि प्रधानमन्त्री तुरुन्तै सुरक्षित स्थानतर्फ लगिएका थिए । सरकारी टेलिभिजनले देखाएका दृश्यमा कम विस्फोटबाट धेरै गाडी जलेको देखिएको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार प्रत्यक्षदर्शीले बम विस्फोट कोबर ब्रिजको उत्तरपूर्वी प्रवेशद्वार नजिक भएको हो । यो पुल खार्तुमको मुख्य शहरी क्षेत्रबाट प्रधानमन्त्री कार्यालय जाने बाटोमा पर्छ ।

लामो समयदेखिका राष्ट्रपति ओमर अल बसिरको पतनपछि हामदोक गत अगस्टमा संक्रमणकालीन अवस्थामा प्रधानमन्त्री चुनिएका हुन् । हामदोक संयुक्त राष्ट्रसंघमा कार्यरत अर्थशास्त्री थिए, उनले सुडानको आर्थिक समस्या समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment