+
+

मुख्यमन्त्री राउत बने ‘महामुर्ख’ !

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २६ गते १८:०७

२६ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सोमबार जनकपुरबासीले ‘महामुर्ख’को उपाधि दिएका छन् ।

मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक बर्षको होलीमा प्रदान गर्दै आएको यो उपाधि यस पटक प्रदेशका मुख्यमन्त्री राउतलाई दिइएको हो । उपाधि महामूर्ख भनिए पनि समाजमा योगदान पुर्‍याइका व्यक्तिलाई दिने गरिएको छ ।

होलीमा मजाक शैलीमा महामुर्ख भनेर यो उपाधि मिनापले २०६१ सालदेखि नै प्रदान गर्दै आएको छ ।

मुख्यमन्त्री राउतले प्रदेशको समाजिक रुपान्तरणका लागि ‘बेटी पढाउ बेटी बचाउ’, ‘छोरी शिक्षा विमा’ सहितको अभियान चलाएको र दलित र महिलाको लागि आरक्षणको व्यवस्था गरेका कारण उनलाई यो उपाधि दिइएको मिनापले जनाएको छ ।

अरु क कसले पाए उपाधि ?

मिनापले महामूर्खका साथै बिभिन्न पदवीबाट समाजका अगुवाहरुलाई सम्मान गर्दै आएको छ ।

जस अनुसार यस पटक पटमुर्खको उपाधि राजपाका प्रदेश सांसद मनिष सुमन, हराशंखको उपाधि प्रदेश सांसद रामअशिष यादवलाई, सिलौटा उपाधि नेकपा प्रदेश सांसद रामचन्द्र मण्डललाई, भभकौवा उपाधि राजपाका प्रदेश सांसद प्रमेश्वर साहलाई दिइएको छ ।

त्यसैगरी टुनमुसरी उपाधि जनकपुरधामकी उप–मेयर रीता झालाई, लोढाशंकर उपाधि पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्रलाई, घरघुसना उपाधि मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई, बेलगोबना उपाधि साहित्यकार रोशन जनकपुरीलाई दिइएको छ ।

बेस कुल्हैर उपाधि युवा अभियन्ता सुशील कर्णलाई, खाप सुरत उपाधि महोत्तरीको पिपरा नगरपालिका प्रमुख विक्रम चौधरीलाई, अदलबदली उपाधि पुनम झालाई र बज्रकिट उपाधि बलराम साहलाई प्रदान गरिएको छ ।

मिनापले भाषा, संस्कृति, कला, समाजिक रुपान्तरण, राजनीति जस्ता विद्यामा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रत्येक वर्ष महामुर्खको उपाधि प्रदान गर्दै आएको सचिव सन्दीप साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?