Comments Add Comment

पोखरामा चिनियाँ पर्यटकको होली (फोटो फिचर)

२६ फागुन, पोखरा । अघिल्ला वर्षमा रंगहरुको पर्व फागु पूर्णिमा (होली) को दिन पोखराको लेकसाइड पूरै भरिभराउ हुन्थ्यो । पोखराको विभिन्न ठाउँबाट होली खेल्दै अधिकांश युवायुवतीहरु पोखराको लेकसाइडमा होली खेल्न पुग्थे । स्वदेशी तथा बिदेशी पर्यटकको उपस्थितिले रौनक नै छुट्टै हुन्थ्यो ।

तर यस पटकको फागु पूर्णिमामा भने केही फरक देखिएको छ । लेकसाइडमा स्वदेशीभन्दा विदेशी नै होलीमा रमाइरहेको दृश्य देखियो । कारण थियो, कोरोना त्रास ।

सरकारले नै समूहमा होली नखेल्न सचेत गराएपछि यस पटकको लेकसाइडमा स्वदेशीले होलीको मज्जा लिएको कम देखियो । कोरोनाको भयले केही नेपाली पनि मास्क लगाएर होलि खेलिरहेका देखिन्थे ।

गत महिना नेपाल आएका चिनियाँ पर्यटक यिङ यिङले आफ्नो पहिलो नेपाल भ्रमण होलीको कारण नै विशेष भएको सुनाए । आफूहरु होली खेल्न खेल्न पाउदा एकदम खुशी लागेको समेत बताए ।

हेर्नुहोस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment