Comments Add Comment

भारतमा तीन वर्षीय बालकमा कोरोना

२६ फागुन, काठमाडौं । भारतमा तीन वर्षीय बालकमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । भारतमा कोरोनाबाट संक्रमित मध्ये केरल राज्यका उनी सबै भन्दा कम उमेरका बिरामी हुन् ।

इटलीबाट दुवई हुँदै सात मार्चमा उनी भारत आएका थिए । कोच्ची एयरपोर्टमा खटिएको कोरोना निगरानी समूहले स्वास्थ्य परिक्षण गर्ने क्रममा बालकमा हल्का ज्वरो देखिएको थियो ।

स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीका अनुसार बालकसहित उनको परिवारलाई तत्काल अस्पताल पठाइएको छ । बच्चाको नमूना परीक्षणका लागि नेशनल इन्स्टिच्युट अफ भाइरोलमा पठाइएको थियो । परीक्षणको क्रममा बालकमा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ ।

बच्चाकी आमा इटलीमा नर्सको रुपमा कार्यरत छिन् । उनका बुबालाई परीक्षणका लागि अस्पतालमा छुट्टै राखिएको छ ।

भारतमा उनी सहित ४३ जनामा कोरोना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment