Comments Add Comment

हराउँदै बच्चा र हजुरआमालाई जोड्ने ‘लोरी संस्कृति’

बच्चालाई सुताउने बेलामा विभिन्न कथा सुनाउने प्रचलन नेपाली समाजमा पहिलेदेखि नै चल्दै आएको हो । यद्यपि पछिल्लो समय प्रविधिको विकाससँगै लोरी संस्कृति हराउँदै गएको पाईन्छ । तर, बच्चालाई नीति कथाका मन्त्रहरु पढाउनेदेखि विभिन्न दन्त्य कथा सुनाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको पाइन्छ ।

जो कोहीको पनि बाल्यकालमा आमा वा हजुरआमाले धेरै लोरी सुनाउने गरेको इतिहास पाइन्छ । लोरी सुनाउने मान्छेहरु नै धेरै बच्चाको प्रिय बन्छन् । कोही आफ्नो विगतलाई एउटा आदर्श कथाको रुपमा मान्छन् भने कोही एउटा नयाँ पौराणिक कथालाई पनि बच्चाको निद्रा बोलाउन प्रयोग गर्ने गर्छन् ।

बच्चा सानो छँदा आमाले मायालु पाराले निद्रा बोलाउने गर्थे । तर, हिजोआज यो चलन बन्द हुँदैछ । आमाले बच्चालाई लोरीहरू सुनाउने फुर्सद पाउन छाडेका छन् । तर, बच्चालाई बाबु आमाले लोरी सुनाउनु भने स्वास्थ्य र सम्बन्धको लागि महत्वपूर्ण मान्ने गरिन्छ ।

आमा र बच्चा बीचको सम्बन्धको लागि

आमा र बच्चाबीचको सम्बन्धको लागि बच्चालाई लोरी सुनाउनु आवश्यक मानिन्छ । यसको छुट्टै कारण हुनसक्छ निद्रा नलागेको बच्चालाई आमाको एक मिनेटको लोरीले पनि उनीहरुको आरामदायी निद्रा आउँछ ।

आमाको लोरी सुनेर, सपनाको संसारमा हराउने बच्चाहरुको सम्बन्ध आमासँग कहिलै पनि नराम्रो नहुने विभिन्न अध्ययनहरुले देखाएको छ । लोरी आमा र बच्चाबीच सुमधुर सम्बन्ध बनाउने एउटा कसी हो ।

आमाको लोरीको आवाजमा एक प्रकारको जादू हुन्छ । जसले रोइरहेको बच्चालाई समेत भुलाएर सपनाको संसारमा पुर्‍याउने गर्छ । विज्ञहरू यो पनि दाबी गर्छन् कि लोरीले सधैं सुनिरहेको आवाजलाई बिस्तारै आफैंमा जोडिएको महसुस गराउन मद्दत गर्छ ।

बच्चाको दिमागको विकासको लागि

आमाको लोरीले बच्चालाई रमाइलोको अनुभव त दिन्छ नै । लोरी सुनेपछि बच्चाको दिमाग पनि बिस्तारै विकास हुँदै जान्छ । वास्तवमा, आमाको लोरीले बच्चाको दिमागको धेरै भागलाई एकै साथ उत्प्रेरित गर्छ । यसलाई चिकित्साको भाषामा ‘सांगीतिक शिक्षा’ पनि भनिन्छ । लोरी सुनेर बच्चाले पनि बिभिन्न आवाजको बिचमा भिन्नता राख्न सिक्छ ।

बच्चाको डर अन्त्य हुन्छ

लोरीको कुरा सुनेपछि बच्चाको डर अन्त्य हुन्छ भन्ने विज्ञहरूको मान्यता छ । जसका अनुसार आमाबाट लोरी सुनेपछि बच्चा भित्र कुनै पनि किसिमको डरको भावना हराउँछ । प्रतिरक्षा र प्रतिरोधको भावना विकास हुने हुँदा यसले बच्चाको डर हराउँदै बौद्धिक र भावनात्मक विकास पनि हुन्छ ।

लोरी सुनेपछि बच्चाले आमाको साथ रहेको महसुस गर्ने गर्छ । यो भावनाले उनलाई निडर बनायो र उसले बिस्तारै खतराहरूको सामना गर्न सिक्यो । यस तरिकाले, लोरीले बच्चालाई आफैंमा विश्वास गर्न सिकाउँछ ।

बच्चालाई राम्ररी सुत्न प्रेरित गर्छ

आमाहरू लोरी गाउँछन् भने त्यतिबेला बच्चाहरु सुस्त र गहिरो निद्रामा पर्न सक्छन् । यदि बच्चा राम्ररी सुत्न सकेन भने उसमा चिडचिडाहटको महसुस हुने गर्छ । यस्तो अवस्थामा लोरीले बच्चाहरूलाई जादूको रूपमा व्यवहार गर्छ ।

लोरीले बच्चाको भाषा अझ बलियो बनाउँछ

लोरी सुनेर बच्चाको भाषा सिक्ने क्षमता बढ्छ भन्ने मान्यता छ । वास्तवमा, जब आमाले सुत्ने बेलामा दिनहुँ एउटै लोरी सुनाउँछिन् । लोरीमा प्रयोग भएका शब्दहरू बच्चालाई बिस्तारै बिस्तारै सम्झिन थाल्छन् र पछि उसले ती शब्दहरू ठीकसँग प्रयोग गर्न सिक्छन् । वास्तवमा लोरी छोटो कविता जस्तो हुन्छ, जसको प्रयोगले बच्चालाई भाषा सिक्न मद्दत गर्छ ।

लोरी आमाको लागि पनि लाभदायक

अमेरिकाको मियामीस्थित फ्रस्ट स्कूल अफ म्यूजिकका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार बच्चाहरूलाई लोरी सुनाउँदा उनीहरूलाई मात्र नभएर आमाको स्वास्थ्यमा समेत यसले मद्दत गर्छ ।

बच्चालाई लोरी सुनाउने आमाले तनाव र नकारात्मक सोचाईको समेत सामना गर्नु नपर्ने अध्ययनले देखाएको छ । लोरी सुनेर जब बच्चा हाँस्छ । त्यतिबेला आमामा समेत सकारात्मक उर्जाको विकास हुन्छ भन्ने विश्वास अनुसन्धानकर्ताहरुको छ ।

लोरी बृद्धका लागि पनि लाभदायक

साना बच्चाहरूको लागि संगीत वा लोरी कसरी फाइदाजनक छ भन्ने बारेमा धेरै अनुसन्धानहरू गरिएका छन् । तर, वैज्ञानिकहरू कसरी लोरी र संगीत वृद्धहरूका लागि लाभदायक हुनसक्छ भन्ने कुरामा समेत पछिल्लो समय ध्यान केन्द्रित गरिरहेका छन् ।

नि:सन्देह, निद्राको अभावको समस्याबाट ठूलो संख्यामा बृद्धहरू समेत व्याकुल छन् । यस्तो अवस्थामा चेन्नईमा गरिएको एउटा अध्ययनले यो कुरा पत्ता लागेको छ कि लोरीहरू वा कुनै पनि त्यस्तै किसिमको संगीत सुन्दा तनाव सिर्जना गर्ने हार्मोनहरू कम हुन्छन्, जसले गर्दा निद्रा अझ राम्रो हुन्छ भन्ने मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment