Comments Add Comment

‘म यस्तो गीत गाउँछु २’ सर्दा पूजा र पललाई कती घाटा ?

कोरोना भाइरसले विश्वलाई नै असर नपुर्याएको भए, शुक्रबारटबाट नायक पल शाह र नायिका पूजा शर्माले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई दर्शकले हेर्न पाउथ्य । तर, कोरोनाको त्राससँगै नेपालमा पनि जमघट र भेला नगर्न सरकारले आग्रह गरेसँगै ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले चलचित्रलाई अनिश्चितकालका लागि पछि सार्ने निर्णय गर्यो ।

चलचित्रको रिलिज मिति पछि सर्दा यसको निर्माणपक्षलाई केही लाख रकम घाटा लागेको छ । यो भन्दा पनि मुख्यकुरा, चलचित्रको लागि जुन खालको प्रचार शैली अनपाइएको थियो त्यती नै हाइप नयाँ रिलिज मिति बनाउन सकिन्छ या सकिदैन भन्ने चुनौती पनि निर्माणपक्षमाथि थपिएको छ ।

चलचित्रका मुख्य २ कलाकार नायिका पूजा शर्मा र नायक पल शाहको यो बर्ष १–१ वटा चलचित्र रिलिज भैसकेका छन् । पलको ‘वीर विक्रम २’ रिलिज हुँदा नायिका पूजा शर्माको ‘पोई पर्यो काले’ रिलिज भएको थियो । दुबै चलचित्रले नेपालबाट लगानी सुरक्षित गर्न सकेनन् ।

तर, पनि पूजा र पलको स्टारडमले चलचित्रको व्यापारमा ठूलो सहयोग भने गरेको थियो । पल र पूजा दुबै ‘म यस्तो गीत गाउँछु २’बाट आशावादी थिए । यो चलचित्र रिलिज भएको खण्डमा पल र पूजालाई यो बर्षको अन्त्य सुखद तरिकाले गर्ने अवसर मिल्न सक्थ्यो । तर, अब यी दुबैले यो खुशीका लागि अर्को बर्ष पर्खनुपर्ने हुन्छ ।

अर्को बर्ष पल र पूजाले अभिनय गरेका चलचित्रको संख्या पनि लामै हुने देखिएको छ । पल अभिनित ‘म यस्तो गीत गाउँछु २, हृदयभरी, २ नम्बरी’ अब अर्को बर्ष रिलिज हुनेछन् । यस्तै, नायिका पूजा शर्मा अभिनित ‘म यस्तो गीत गाउँछु २, संझना विर्सना, सम्हालिन्छ कहिले मन, मन परेसी’ लगायत अर्को बर्ष रिलिज हुनेछन् । यसले, उनीहरुको चलचित्र रिलिजको चाप पनि बढाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment