Comments Add Comment

अनिच्छित गर्भ रहेपछि

अहिले युवाहरु जति छिटो साथी बनाउँछन्, उति नै छिटो एकआपसमा नजिक हुने गर्छन् । उनीहरु शारीरिक रुपमा एकाकार हुन्छन् । यस्तो अवस्थामा कहिले काहीँ गर्भ रहन सक्छ, जो उनीहरुले चाहेका हुँदैनन् ।

यसरी रहने गर्भको कारण उनीहरुले ठूलो तनाव झेल्नुपर्ने हुनसक्छ । भोलिका दिन वदनाम हुने अवस्था पनि आउन सक्छ ।

त्यतिबेला के गर्ने कसो गर्ने भन्ने थाहा नहुदाँ र समाजमा बदनाम हुने डरले कयौ युवती औषधी पसलबाट गर्भपतन गर्ने औषधी खरिद गरेर त्यसको सेवन गर्छन् । यसले उनीहरुको स्वास्थ्यमासमेत नकारात्मक असर पार्छ ।

कहिले काहीँ त असुरक्षीत गर्भपतनकै कारण ज्यान जाने खतरा पनि बढ्छ । त्यसैले, यो समस्याबाट बच्नका लागि पनि गर्भपतन गर्न अनुभवी डाक्टरसित सम्पर्क गर्नु पर्दछ ।  अनुमति प्राप्त चिकित्सकहरुको निगरानीमा सुरक्षित गर्भपतन गरेमा स्वास्थ्यमा जटिल समस्या हुनबाट जोगिन सकिन्छ ।

गर्भपतन सबै चिकित्सकले गर्न सक्दैनन् । अनुभवी गाइनाकोलोजिस्ट वा एमटीपी सम्बन्धि ट्रेनिङ्ग लिएका चिकित्सकहरुले मात्र सुरक्षित गर्भपतन गराउन सक्छन् ।

गर्भपतन गर्ने औषधी

गर्भ कति साताको छ भन्ने कुराको आधारमा औषधीद्धारा गर्भपतन हुने गर्छ । यदी गर्भ छ देखि आठ साताको बीचमा छ भने यसलाई औषधीद्धारा पनि हटाउन सकिन्छ ।  तर त्यसको लागि अल्ट्रासाउण्ड जरुरी छ । एमटीपी औषधी चिकित्सकको सल्लाह अनुसार नै दिइने गरिन्छ । यो औषधीले गर्भासयबाट गर्भलाई बाहिर निकाल्छ ।

यसको लागि चिकित्किहरुले औषधी कति समयको अन्तरालमा लिनु पर्छ भन्ने गर्छन् । किनकी हाम्रो सानो लापरवाहीले औषधीको पूरा डोजलाई असर गर्न सक्छ । र, औषधी खाँदैमा मात्र पनि काम सकिदैन । बरु चिकित्सकहरु पछिल्लो अवस्था बुझन्का लागि गर्भपतन गरेको महिलालाई १५ दिन पश्चात्त अल्ट्रासाउण्डका लागि बोलाउने गर्छन् । र, अल्ट्रासाउण्डका क्रममा पाठेघरमा कुनै पदार्थ बाकी रहेको फेला परेमा अघिल्लो प्रकि्रया दोहर्‍याइन्छ र त्यसलाई शल्यक्रिया बाहिर निकाल्ने गरिन्छ ।

शल्यक्रियामा

शल्यक्रियाद्धारा गर्भपतन गराउँदा महिलालाई बेहोश पारिन्छ । आठ साता भन्दा बढीको गर्भ रहेमा चिकित्सकहरुद्वारा शल्यक्रियामार्फत गर्भपतन गरिन्छ । किनकी आठ साता पश्चात्त औषधीले खासै असर गर्दैन ।

चिकित्सकसँग गर्भवतन गराउनु किन फाइदाजनक ?

केमिस्टहरुलाई भित्री स्वास्थ्यबारे जानकारी नहुने हुदाँ जटिलता उत्पन्न हुनसक्छ । त्यसैले, गर्भपतनका लागि केमिस्टबाट औषधी लिनु हानीकारक हुनसक्छ । यसकै कारण ज्यान समेत जोखिममा पर्न सक्छ । कहिलेकाही अत्याधिक रक्तश्रावका कारण अवस्था नियन्त्रण भन्दा बाहिर हुनसक्छ । त्यसैले, गर्भपतन गराउँदा चिकित्सकको सल्लाह विना औषधी सेवन गर्नु स्वास्थ्यका लागि हानीकारक हुनसक्छ ।

विशेषगरी, आज्मा तथा रक्तअल्पताका विरामीहरुको हकमा चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरेपछि मात्र औषधी दिनु सही हुन्छ कि हुँदैन बताउने गर्छन् । यहाँ सम्मकी शल्यक्रियाका क्रममा कन्सल्र्ट र्फम समेत भराइने गर्छ, जसमा यसको जटिलताबारे सम्पूर्ण जानकारी दिइने गरिन्छ । साथमा शल्यक्रिया गरेको कति दिन पश्चात्त चिकित्सकलाई देखाउनु पर्छ, त्यो पनि भन्ने गरिन्छ । यसले स्वास्थ्य सुरक्षित राख्न मद्दत गर्छ ।

गर्भपतन पश्चात्त के के सावधानी अपनाउनु पर्छ ?

-गर्भपतन पश्चात्त केही समयका लागि भारी वस्तु उठाउने, निहुरिने गर्नु हुँदैन ।

-मादक पदार्थको सेवन गर्नु हुँदैन ।

-यो समयमा लामो समय भोकै बस्दा स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने हुदाँ डाइटिङ्ग नगर्ने ।

-तुरुन्तै शारीरिक सम्पर्क गर्दा तुरुन्तै गर्भ वस्ने सम्भावना हुन सक्छ । त्यसैले, गर्भपतन पश्चात्त शारीरिक सम्पर्क गर्नु भन्दा आफूलाई केही समय दिनु उचित हुन्छ ।

-यस्तो समयमा जति पौष्टिक तत्वयुक्त खाना खान सकियो, त्यति नै शरीर फिट रहने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment