Comments Add Comment

साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई नइ पुरस्कार दिने घोषणा

२७ फागुन, काठमाडौं । नइ प्रकाशनले भारतको बनारस निवासी वरिष्ठ साहित्यकार एवं लेखक दुर्गाप्रसाद श्रेष्ठलाई २ लाख रुपैयाँ राशीको ‘नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले साहित्यकार एवं लेखक श्रेष्ठलाई सो पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो । सात दशकदेखि नेपाली साहित्यमा सक्रिय ८२ वर्षीय श्रेष्ठले कथा, कविता, उपन्यास, निबन्ध र समालोचनामा कलम चलाएका छन् । पुरस्कार नेपाली गोर्खाली मूलका विदेशी नागरिकलाई प्रदान गरिने परम्परा रहेको छ ।

दुर्गाप्रसाद श्रेष्ठले चार दशकअघिदेखि उदय पत्रिकाको सम्पादन र प्रकाशन गर्दै आएका छन् । १९९३ सालदेखि काशीबहादुर श्रेष्ठको प्रकाशन र सम्पादनमा भारत बनारसबाट ‘उदय’ मासिकको प्रकाशन आरम्भ भएको थियो । उक्त पत्रिकामा प्रा.डा.ईश्वर बरालले २००४ सालमा लक्ष्मीप्रसाद देवकोटालाई सर्वप्रथम महाकवि लेखेका थिए । अहिले काशीबहादुर श्रेष्ठका जेठा छोरा रहेका दुर्गाप्रसादले नै ‘उदय’ प्रकाशन गरिरहेका छन् ।

दुर्गाप्रसादले २०२० सालमा प्रदर्शित प्रथम नेपाली कथानक चलचित्र ‘आमा’को पटकथा र संवाद लेखन र सह–निर्देशनसमेत लेखेका छन् । यसैगरी बनारसमा नेपाल–भारत साहित्यकार सम्मेलन, लेखक–प्रकाशक संगोष्ठी सञ्चालन गर्दै ‘मदन स्मारक सम्मान’को व्यवस्थापन पनि गरिरहेका छन् ।

शताब्दी पुरुष सत्यमोहन जोशीको १०१ औं जन्मोत्सवका अवसरमा आगामी वैशाख २९ गते काठमाडौंमा श्रेष्ठसहित अन्य स्रष्टालाई सम्मान गरिने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाई‌ंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment