
२७ फागुन, काठमाडौं । अवैध रुपमा अमेरिकी डलर बोक्ने एक जना सिंगापुरे नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
काठमाडौंबाट सिंगापुर जान लागेका के ०९२६००२ जी नम्बरको राहदानी बाहक ५७ वर्षीय टानघीम चोइङ्ग ११ हजार २ सय ७७ रुपैयाँ युएस डलरसहित पक्राउ परेका हुन् ।
विमानस्थलमा उनले बोकेको हाते झोला चेकजाँच गर्ने क्रममा युएस डलरसहित १ लाख २१ हजार ६ सय १५ नेरु बरामद भएको प्रहरीले जनाएको छ ।
चोइङ्गलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4