Comments Add Comment

भारतमा ‘हजार जुनी सम्म’

नायक आर्यन सिग्देल यतिबेला भारतमा छन् । भारतका विभिन्न स्थानमा उनी अभिनित चलचित्र ‘हजार जुनी सम्म’ रिलिज हुने भएपछि यसको प्रचारका लागि उनी त्यहाँ पुगेका हुन् । भारतको नेपालीभाषी बसोबास गर्ने दार्जिलिङ्ग, सिक्किम लगायतका स्थानमा यो चलचित्र प्रदर्शन हुने भएको हो । मार्च १३ अर्थात शुक्रबारदेखि यो चलचित्र प्रदर्शन हुन लागेको जानकारी निर्माणपक्षले दिएको छ ।

विकासराज आचार्य निर्देशित प्रेमकथाले भरिएको यो चलचित्र सिलीगुढीको इनोक्स सिटी सेन्टर, इनोक्स भेजामल , कार्निभलमा प्रदर्शन हुँदैछ । यसैगरि, दार्जिलिङ्गको इनोक्स रिङ्क मल, कुर्सियोङ्गको फान्टासिया, कालिम्पुङको ड्रिम थियटर, सिक्किमको ड्रिम थियटर , गान्तोकको डेन्जोङ्ग हल र नाम्चीको इपेरियल टाकिजमा यो चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

सिक्किमको प्राकृतिक सुन्दरतालाई पर्दामा देखाइएकाले पनि नेपालीभाषीले यो चलचित्र रुचाउने विश्वास निर्माणपक्षको छ । ड्रिम थिएटरले यो चलचित्रको भारत प्रदर्शनको अधिकार लिएको छ ।

कालिम्पुङमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएका नायक आर्यन सिग्देलले मायाको पर्खाइमा रहेका मायालुको कथामा बनेको यो चलचित्रलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।
चलचित्रमा आर्यनको साथमा प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment