Comments Add Comment

प्रचण्डले भने– बास्कोटाको घरमा बम पड्काउने आतंककारी

२८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाको मनोहराफाँटस्थित निवासमा बुधबार बिहान गराइएको विस्फोटको घटनाको निन्दा गरेका छन् । उनले घटना आतंककारी समूहले गराएको टिप्पणीसमेत गरेका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवं भत्र्सना गरेका हुन् ।

‘हाम्रा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमरेड गोकुलप्रसाद बास्कोटाको भक्तपुरस्थित निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्याएको छ । म पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु,’ नेकपा अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कडा कानूनी कारबाही गर्न पनि प्रचण्डले सरकारसमक्ष माग गरेका छन् ।

पूर्वमन्त्री बास्कोटाको मनोहराफाँटस्थित निवासको कम्पाउन्डभित्र बुधबार बिहान विस्फोट गराइएको थियो । विस्फोटबाट उनको कम्पाउन्ड, रोकिराखेको भ्यानसँगै छिमेकीको घरमा क्षति पुगेको छ । घटनाको जिम्मेवारी विप्लव समूहले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment