+
+
Shares

होलीको बिदाले ‘बाघी ३’लाई फाइदा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २८ गते ११:५५

बलिउडमा मसला चलचित्रको क्रेज घटेको छैन । यसको पछिल्लो उदाहरण हो, ‘बाघी ३’ । नायक टाइगर श्राफ अभिनित चलचित्रले समिक्षा कमजोर पाएपनि दर्शकको साथ पनि सुखद पाइरहेको छ । कोरोना भाइरसको प्रभाव भारतमा देखिएपनि यसको व्यापारलाई ठूलो असर परेको छैन ।

भारतीय बक्स अफिसमा चलचित्रले ५ दिनमा ७६ करोड ९४ लाख कमाएको छ । रिलिजको पहिलो दिन शुक्रबार १७ करोड ५० लाखको व्यापार गरेको यो चलचित्रले शनिबार १६ करोड ३ लाख कमाएको थियो । आइतबार भने चलचित्रको व्यापार २० करोड ३० लाख पुगेको थियो । सोमबार ९ करोड ६ लाख कमाएको यो चलचित्रले मंगलबार १४ करोड ५ लाख कमाउन सफल रह्यो ।

‘बाघी ३’ विश्वभर ५५ सय हलमा रिलिज भएको थियो । आम्हेद खान निर्देशित यो चलचित्रको एक्सन पाटोलाई दर्शकले अत्याधिक रुचाएका छन् । नायक टाइगर श्राफ युवा पुस्तामा सफल नायकको रुपमा चिनिएका छन् ।

चलचित्रमा टाइगरसँगै श्रद्धा कपुर, रितेश देशमुख लगायतको मुख्य भूमिका छ । चलचित्रलाई सजिद नाडियाडवालाले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?