Comments Add Comment

विवाहपछि प्रियंका र आयूष्मानले राखे ४-४ वटा थर

हालै विवाह गरेका नायिका प्रियंका कार्की र नायक आयूष्मान देशराज जोशीले आफ्नो नाममा चार-चार वटा थर प्रयोग गर्न थालेका छन् । दुवैले आफ्ना बुवा/आमा र श्रीमान/श्रीमतीको पहिचान धारण गर्न खोज्दा ४ वटा थरको भारी बोक्नुपरेको हो ।

बिहेपछि आफ्नो इन्टाग्राम अकाउन्टमा प्रियंकाले आयूष्मानको थर थपेकी थिइन् । त्यसलगत्तै आयूष्मानले पनि प्रियंकाको थर जोडेका हुन् ।

आयूष्मानको थर पहिल्यैबाट तीनवटा थिए । उनका बुवा जोशी हुन् भने आमा देशराज श्रेष्ठ लेख्ने गर्छिन् । आयूष्मानकी आमा रविनाका बुवा पञ्जाबी (देशराज) हुन् भने आमा नेपाली (श्रेष्ठ) हुन् । रविनाका बुवाले पनि आफ्नी पत्नीको थर जोडेर देशराज श्रेष्ठ लेख्ने गर्थे । आयूष्मानको नाममा ‘देशराज’ उनै मावली हजुरबाबाट ट्रान्सफर भएर आएको हो ।

रविनाका पूर्वपति चाहिँ जोशी हुन् । आयूष्मानले बुवा र आमा दुवैको थर प्रयोग गर्दै देशराज जोशी श्रेष्ठ लेख्ने गरेका थिए । अहिले प्रियंकाको कार्की थर पनि थप्नु परेपछि उनले सर्टकटमा लेख्न थालेका छन् । अहिले इन्स्टाग्राममा उनको नाम आयूष्मान डीएसके (देशराज, श्रेष्ठ, कार्की) जोशी छ । प्रियंकाले चाहिँ इन्स्टामा प्रियंका कार्की डीएस जोशी लेख्न थालेकी छन् ।

प्रियंकाकी आमा रक्षा मल्होत्रा पनि भारतीय मुलकी हुन् । धन्न प्रियंका आफ्नो आमाको थर धारण गरेकी थिइनन् । नत्र यो जोडीले थप एक-एक वटा थर बोक्नुपर्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment