Comments Add Comment

मोरङको टाँडी र सुनसरीको श्रीलंका टप्पुमा क्वारेन्टाइन

२९ फागुन, विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमणको जोखिममा रहेकाहरुका लागि मोरङको टाँडी र सुनसरीको श्रीलंका टप्पुमा क्वारेन्टाइन स्थापना गर्न लागेको हो ।

मिक्लाजुङ गाउँपालिकामा पर्ने टाडीमा रहेको सैनिक ब्यारेकको जग्गामा, बराहक्षेत्र नगरपालिका ६–७ मा पर्ने श्रीलंका टप्पुमा क्वारेन्टाइन राखिने छ । श्रीलंकापप्पु कोशी नदीबाट घेरिएको स्थान हो । जहाँ पुग्न नाउको साहारा चाहिन्छ ।

दुई स्थानमा तत्काल क्वारेन्टाइन स्थापना गर्ने भनिए पनि त्यहाँ कति जनालाई राख्न सकिन्छ भन्नेबारे सार्वजनिक गरिएको छैन । यसअघि प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले मोरङ र उदयपुरमा एक हजार जना अटाउने क्वोन्टाइन निर्माण गर्ने बताएका थिए । तर प्रदेश सरकारको विहीबार बसेको बैठकले भने संख्या नतोकी दुई स्थानमा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आवश्यक परेको अवस्थामा अन्य स्थानमा पनि क्वारेन्टाइन राखिने बताए ।

मुख्यमन्त्री राईले सम्भावित जोखिम नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रदेश सरकारले पोशाक र अतिरिक्त भत्ता दिने जानकारी दिए ।

नाकामा डेस्क

प्रदेश १ का चार जिल्ला भारतसँग खुला सीमा जोडिएको छ । चार जिल्लाका मुख्य नाकाहरुका हेल्थ डेस्क राख्ने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

प्रदेश सरकारले सीमा क्षेत्रमा प्रत्येक नाकामा ९ र बिमानस्थलमा ६ जनाका दरले स्वास्थ्यकर्मी परिचालन गर्ने गरिने बताए । शंकास्पद विरामी भेटिएको अवस्थामा तत्कालै अस्पतालसम्म पूर्याउनका लागि पूर्व तयारीका सामाग्री र एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।

मन्त्री घिमिरेले प्रदेश १ का अस्पतालहरुमा ३० सैय्याको आइसोलेसन बेड तयार गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment