
३० फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विश्वका एक सय २५ देशमा फैलिसकेको छ । बिहीबारसम्म विश्वभर एक लाख ३० हजार संक्रमित भएका छन् । तर नेपालमा अहिले कोही पनि संक्रमित नभएकोमा एकातिर खुसी छ भने अर्कोतिर आशंका । धेरैको प्रश्न छ–कतै नेपालको परीक्षणमै प्रश्न समस्या त छैन ?
नयाँ पत्रिका दैनिकले आज आमनागरिकमा उब्जिएका यस्तै प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरेको छ ।
समाचार अनुसार, सरकार आफ्नो परीक्षण विश्वसनीय भएकोमा ढुक्क छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले नेपालको परीक्षण विश्वसनीय भएकोले ढुक्क हुन भनेका छन् । उनले नयाँ पत्रिकासँग भनेका छन्– कोरोना परीक्षण गर्ने हाम्रो ल्याबमा शंका नगर्न सबैमा अनुरोध गर्न चाहन्छ । किनकि, हाम्रो ल्याबको गुणस्तरको अनुगमन विश्व स्वास्थ्य संगठनले पनि गरिरहेको छ । उसले समेत मान्यता दिएकाले हामीले चिन्ता गर्नुपर्ने कारण केही पनि छैन ।’
श्रेष्ठले पुनः परीक्षणका लागि हङकङ पठाउँदासमेत नेपालमा जस्तै रिपोर्ट आएको बताएका छन् ।
सार्वजनिक बसमा विद्यार्थी बोक्ने विद्यालयलाई कारबाही गर्न लागिएको अर्को खबर पनि नयाँ पत्रिकामा छ ।
‘अनअराइभल भिसा वैशाख १८ सम्म बन्द’ शीर्षक दिएर कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, अब स्थलमार्गबाट पनि विदेशी आउन पाउने छैनन् ।
कमिसनको खेलले प्रहरीमा गुणस्तरहीन लत्ताकपडा भित्रिएको दाबी नागरिकले गरेको छ भने गोरखापत्रले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको लेखेको छ ।
प्रतिक्रिया 4