Comments Add Comment

पूर्वमन्त्री शेर्माको निधनमा कांग्रेसले २ दिन झण्डा आधा झुकाउने

३० फागुन, काठमाडौं । पूर्वमन्त्री पूर्णकुमार शेर्मा (लिम्बु)को निधन भएको शोकमा नेपाली कांग्रेसले दुई दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै केन्द्रीय कार्यालय र  जिल्ला कार्यालयमा शनिबार र आइतबार दुई दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले आइतबार केन्द्रीय कार्यालय र जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र १३ औं दिनमा पार्टी केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको कांग्रेस सचिवालयले जनाएको छ ।

शेर्माको यही फागुन २८ गते ललितपुरको निदान अस्पतालमा निधन भएको थियो । उनी नेपाली कांग्रेसको पूर्वकेन्द्रीय सदस्य तथा स्थानीय विकासमन्त्रीसमेत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment