Comments Add Comment

छानविन सुरु भएपछि कारागारमा फर्किए पृथ्वी मल्ल

२९ फागुन, काठमाडौं । कारागार व्यवस्था विभागले चिरायु अस्पतालमाथि छानविन गर्ने तयारी गरेपछि सवारी ज्यान मुद्दाका अभियुक्त पृथ्वी मल्लले अस्पताल छाडेका छन् ।

बुढानिलकण्ठमा भएको कार दुर्घटनामा अदालतबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश भए पनि मल्ल बिरामी भएको नाटक गरेर दुई महिनासम्म अस्पतालमा बसेका थिए । उनी केही दिनअघि कारागारमा हाजिर भएको एक अधिकारीले अनलाइनखबरलाई बताए ।

उनी २३ पुसदेखि चिरायु अस्पतालमा बसिरहेका थिए । लामो समयसम्म कारागार नफर्किएपछि डिल्लीबजार कारागारले पटकपटक अस्पताललाई पत्र लेखेर मल्ललाई फिर्ता पठाइदिन भनेका थिए । तर, अस्पतालले रक्तचापमा समस्या भएको भन्दै राखिराखेको थियो ।

यो पनि पढ्नुहोस बूढानीलकण्ठ दुर्घटनाका अभियुक्तको नौटंकीमा अस्पतालकै साथ !

त्यसयता अस्पतालका अधिकारीले कारागारको फोनसमेत उठाउन छाडेका थिए । कारागारका प्रमुख जेलर अरुण पोखरेलले विभागलाई पत्र लेख्दै छानविनका लागि माग गरेका थिए । पत्रमा मल्लसँगै उपचारमा संलग्न चिकित्सकमाथि पनि छानविन गर्नुपर्ने भनिएको थियो ।

यसअघि २८ मंसिरमा बुढानीलकण्ठ–५ मा बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रु गोरखा घर भई विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो । अत्यधिक मादक पदार्थ सेवन गरेका चालक मल्लले अनियन्त्रित ढंगले कार चलाउँदा देवकाटाको मृत्यु भएको थियो ।

कारमा मल्लसहित नायिका परमिता राणा, करिश मास्के र एलिना थापा थिए । राणाले फेसबुकमा लामो स्टाटस लेख्दै चार जनाले गरेको मूर्खतापूर्ण निर्णयले एक जना निर्दोषको ज्यान गएको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment