+
+
Shares

बाढीले पुल बगाएपछि मनास्लु र लार्केपास पदयात्रा नगर्न प्रशासनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते ९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलाको बाढीले दुईवटा पुल बगाएपछि प्रशासनले मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न आग्रह गरेको छ।
  • प्रशासनका अनुसार २१ भदौ बिहान साढे ३ बजे आएको बाढीले चुमनुब्री–४ र वडा नं. २ जोड्ने फलामे पुल तथा बूढीगण्डकीमाथिको झोलुङ्गे पुल बगाएको थियो।
  • पुल बगाएपछि उक्त क्षेत्रको आवागमन प्रभावित भएको र अर्को सूचना नआएसम्म पदयात्रा नगर्न प्रशासनले पदयात्री, पर्यटन व्यवसायी र पथप्रदर्शकलाई अनुरोध गरेको छ।

२३ भदौ, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले दुईवटा पुल बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म मनास्लु तथा लार्केपास पदमार्गमा पदयात्रा नगर्न–नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको हो।

प्रशासनका अनुसार २१ भदौ बिहान करिब साढे ३ बजे आएको बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नं. २ जोड्ने फलामे पुल तथा गापदेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीमाथिको झोलुङ्गे पुलसमेत बगाएको थियो ।

पुल बगाएपछि उक्त क्षेत्रको आवागमन प्रभावित हुनुका साथै पदमार्गसमेत जोखिमपूर्ण बनेको प्रशासनले जनाएको छ।

मनास्लु पदमार्ग वा लार्केपास पदमार्गमा जाने तयारीमा रहेका तथा यात्रामा रहेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न प्रशासनले भनेको छ।

यस्तै, कुनै विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा निकाय, प्रहरी चौकी तथा स्थानीय तहमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।

प्रशासनले सम्भावित जोखिमबाट जोगिन पदयात्री, पर्यटन व्यवसायी, पथप्रदर्शक तथा सम्बन्धित सबैलाई सूचनाको पालना गर्न आग्रह गरेको छ।

हेर्नुहोस् प्रशासनको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?