+
+
Shares

बालिका बलात्कार प्रयासको आरोपमा ७७ बर्षका वृद्ध पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते २०:२८

२९ फागुन, गोरखा । १२ बर्षीया बालिकालाई वलात्कार प्रयासको आरोपमा ७७ बर्षका वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–५ जफतीगाउँका देवीबहादुर भट्ट रहेको प्रहरीले जनाएको छ ।

विद्यालयबाट घर फर्कने क्रममा बालिकालाई ललाइफकाई बलात्कार गर्ने प्रयास गरेको पीडितले दिएको जायरीमा उल्लेख भएको एसपी ओमप्रसाद अधिकारीले बताए ।

‘जबरजस्ती गर्न खोज्दा बालिकाको बहिनीले देखेर गाली गरेपछि छाडेको रहेछ,’ उनले भने । वुधबार पक्राउ परेका भट्टलाई जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी अधिकारीको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?