Comments Add Comment

बालिका बलात्कार प्रयासको आरोपमा ७७ बर्षका वृद्ध पक्राउ

२९ फागुन, गोरखा । १२ बर्षीया बालिकालाई वलात्कार प्रयासको आरोपमा ७७ बर्षका वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–५ जफतीगाउँका देवीबहादुर भट्ट रहेको प्रहरीले जनाएको छ ।

विद्यालयबाट घर फर्कने क्रममा बालिकालाई ललाइफकाई बलात्कार गर्ने प्रयास गरेको पीडितले दिएको जायरीमा उल्लेख भएको एसपी ओमप्रसाद अधिकारीले बताए ।

‘जबरजस्ती गर्न खोज्दा बालिकाको बहिनीले देखेर गाली गरेपछि छाडेको रहेछ,’ उनले भने । वुधबार पक्राउ परेका भट्टलाई जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment