Comments Add Comment

पाँच बाहाना : आफैंलाई खुसी बनाउने

के तपाईं त्यस्ता मानिसहरुमध्येमा पर्नु हुन्छ, जो आफ्नो खुशीको लागि अन्य व्यक्तिमा निर्भर हुन्छन् ? यदि तपाईं पनि यही श्रेणीमा पर्नु हुन्छ भने तपाईंको जीवन सही ट्रयाकमा चलिरहेको छैन भन्ने कुरा बुझे हुन्छ ।

हामी सबैको जीवनमा केही त्यस्ता व्यक्ति, परिवार अथवा साथीहरु हुन्छन्, जसले हाम्रा लागि समय निकाल्ने गर्छन् । त्यसको अर्थ तपाईंले आफ्नो लागि समय निकाल्न बिर्सनु भएको भन्ने होइन । तपाईंले आफैं आफ्नो खुशीको बारेमा सोच्नु पर्छ । आफ्नो लागि समय निकाल्नु पर्छ । आफुलाई जे मन पर्छ त्यहि गर्नु पर्छ ।

एक्लै शपिङ जानु पर्छ

अन्य कुनै व्यक्तिसंग शपिङमा जानु अथवा अनलाईन शपिङ गर्नु भन्दा बजार गएर शपिङ गर्नु पर्छ । शपिङ गर्दा कुनै मलमा जानु भन्दा लोकल बजारमा गएर शपिङ गर्ने कोशिश गर्नु पर्छ । त्यसो गर्दा तपाईंलाई विभिन्न फाइदाहरु प्राप्त हुन्छन् । पहिलो र सबैभन्दा महत्वपूर्ण कुरा तपाईंले आफ्नो लागि केही समय निकाल्न सक्नु हुन्छ ।

त्यसबाहेक तपाईंलाई आफ्नो रुचीको बारेमा धेरै कुरा थाहा हुन्छ । तर, जब हामी कोहि अरुसंग शपिङमा जान्छौं, कुनै सामान किन्नका लागि समेत उसको राय लिन्छौं । एक्लै शपिङमा जाँदा यी सबै कुराहरुबाट बच्छौं र धेरै कुरा सिक्छौं ।

एक्लै रेस्टुरेन्ट जानु पर्छ

कहिलेकाहिं कसैलाई साथमा नलिइ आफ्नो मन पर्ने रेस्टुरेन्टमा जानु पर्छ र जुन खानेकुरा मन पर्छ, अफ्ठ्यारो नमानी अर्डर गर्नु पर्छ । यसले तपाईंको निर्णय लिने क्षमता बढ्छ । त्यस्तै एकपटक फेरी तपाईंलाई आफ्नो रुचिको बारेमा पनि थाहा पाउने मौका प्राप्त हुन्छ । जब तपाईं अन्य कुनै साथी अथवा परिवारको साथमा हुनुहुन्छ भने त्यो समयमा हामी ति खानेकुराहरु अर्डर गर्न सक्दैनौं, जुन अर्डन गर्न चाहन्छौं । त्यसैले कम्तिमा महिनामा एकपटक एक्लै खाना खानका लागि बाहिर अवश्य जानु पर्छ ।

एक्लै फिल्म हेर्नु पर्छ

यदि तपाईंको साथी आफ्नो काममा व्यस्त छ अथवा तपाईलाई हेर्न मन लागेको फिल्म तपाईंको साथीलाई हेर्न मन छैन भने तपाईंले आफ्नो फिल्म हेर्ने योजनालाई परिर्वतन गर्नु हुँदैन । तपाईं आफुले चाहेको फिल्म हेर्न तयार भएर एक्लै फिल्म हेर्न जानु पर्छ । आफ्नो मन पर्ने फिल्म हेरेर खुशीको महसुस गर्नु पर्छ । यसो गर्नाले तपाईंको खुशीमा कोहि अरुको अधिकार हुँदैन । यसो गर्दा तपाईं भित्रको हिच्किचाहट सकिन्छ र तपाईंलाई आफ्नो निर्णय लिन समस्या हुँदैन ।

एक्लै घुम्न जानु पर्छ

साथीभाई र परिवारका सदस्यसंग घुम्न जानुबाहेक एउटा योजना एक्लै घुम्ने पनि बनाउनु पर्छ । छोटो यात्रा भएता पनि आफुलाई बुझ्ने र परिक्षण गर्ने यो सबै भन्दा राम्रो मौका हुन्छ । यसो गर्नाले आफुप्रति अझ बढि आत्मविश्वास बढ्छ । यसबाहेक जब तपाईं नयाँ ठाउँमा नयाँ मानिसहरुको बीचमा हुनु हुन्छ, तपाईंले अरुसंग पनि एउटा ब्राण्ड बनाउने कोशिश गर्नु हुन्छ र तपाईंलाई नयाँ कुराहरुको बारमा थाहा हुन्छ ।

मनपर्ने कुराहरुसंग समय बिताउनु पर्छ

गीत सुन्ने, नृत्य गर्ने, कुनै संगीतको साधन बजाउने अथवा कुनै खेल खेल्न मन पर्छ भने त्यस्ता कुराहरु हप्तामा एकपटक समय अवश्य निकाल्नु पर्छ । यसले तपाईं भित्रको भावनाहरुलाई जिवित राख्ने काम गर्छ । जब तपाईं भावनात्मक रुपमा बलियो रहनु हुन्छ, तब तपाईंलाई कुनै पनि निर्णय लिन सजिलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment