+
+
Shares

बाइडबडीमा देखादेखी भ्रष्टाचार छ, संलग्नलाई छाड्नु हुँदैन : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३० गते १२:१३
फाइल तस्वीर

३० फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले वाइडबडी खरिदमा देखादेखी भ्रष्टाचार भएको दाबी गरेका छन् । भ्रष्टाचारमा जो संलग्न भए पनि कारबाही गर्नुपर्ने नेता नेपालको भनाइ छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार आयोजना गरेको छलफलमा नेता नेपालले भने, ‘हाम्रो सामु भ्रष्टाचार भएको छैन–भएको छैन भने तर ठूलो भ्रष्टाचार भएको रहेछ ।’

‘तारा गाउँ, न्यारोवडी, वाइडबडी सबैमा भ्रष्टाचार भएको छ । वाइडबडी खरिदमा त देखादेखी भ्रष्टाचार भएको छ’ पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘छानविन गरेर कारवाही गर्नुपर्छ । जोसुकै, जुनसुकै क्षेत्रको भए पनि छोड्ने कुरा आउँदैन । कसैमाथि पूर्वाग्रह राख्न आवश्यक छैन ।’

दीर्घकालीन योजना बनाएर काम गर्न नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लाज मान्नु पर्ने अवस्थामा रहेको पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ । आफूले अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्नुपर्छ भन्दा मातहताका सबैले पर्याप्त छ भन्ने जवाफ दिएको पनि उनले गुनासो गरे ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको दुई वाइडबडी खरिद प्रक्रियामा प्रश्न उठ्दै आइरहेको छ । यसमा दिवंगत मन्त्री रवीन्द्र अधिकारीलगायत जोडिएका थिए ।

यसबारे छानबिन गर्न सरकारले समिति गठन गरे पनि त्यसका संयोजक र सदस्यले अहिलेसम्म यसको औपचारिक जानकारीसम्म पाएका छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?