Comments Add Comment

यौनबारे यस्तो भ्रम, जसले दाम्पत्यमा असर पार्छ

यौनको बारेमा आज पनि विभिन्न भ्रम र डरहरु हाम्रो समाजमा रहेका छन्, जसले तपाईंको सम्बन्धमा नकारात्मक असर पार्छ । तपाईंको सम्बन्ध बलियो बनाउनका लागि त्यस्ता भ्रम र त्यससंग सम्बन्धित वास्तविकताका बारेमा थाहा पाउन आवश्यक छ ।

दिनहुँ यौन सम्पर्क राख्नु हुँदैन

यो एउटा गलत कुरा हो । यदि तपाईंहरु दुवैलाई दिनहुँ यौन सम्पर्क राख्न मन लाग्छ भने आफुलाई रोक्नु समझदारी होइन । यदि श्रीमान्लाई दिनहुँ यौन सम्पर्क राख्न मन छ, तर श्रीमती भने यो सधैं गर्ने कुरा होइन भन्ने कुरा विश्वास गर्छिन् भने श्रीमान् उनीसंग रिसाउनु स्व्ाभाविकै हो । त्यसैले यौन सम्पर्क सधैं गर्ने क्रिया होइन भन्ने कुरालाई मनबाट निकाल्नु पर्छ र आफ्नो  यौन जीवनलाई सक्रिय बनाउन तिर ध्यान दिनु पर्छ ।

दिनमा केवल एक पटक मात्र यौन सम्पर्क राख्नु पर्छ

यो अर्को सबैभन्दा ठुलो भ्रम हो । तपाईंको साथीभाइ तथा आफन्तले के भन्छन् भन्ने कुरा बिर्सनुहोस् । यौनका लागि कुन त्यस्तो निर्धारित नम्बर हुँदैन । यौन सधैं सहज र स्वभाविक हुनु पर्छ । तपाईंहरु एक-अर्कालाई यौन आवश्यकता हुनासाथ यौन सम्पर्क राख्न सक्नुहुन्छ, तर तपाईंमध्ये कोहि एकलाई यसप्रति इच्छा छैन भने अर्कोले प्रतिक्षा गर्नु नै उपयुक्त हुन्छ । किनभने यौन भनेको कोहि एकलाई खुशी अथवा सन्तुष्ट बनाउने क्रिया होइन । यसले त तपाईंहरुको सम्बन्धलाई अझ सुन्दर बनाउने प्रक्रिया हो । त्यसैले आफुहरुलाई जति सहज हुन्छ, त्यति नै यौन सम्पर्क राख्न सक्नु हुन्छ ।

यौनका लागि नियम बनाउनु हुँदैन

तपाईंले यौनका लागि समय तालिका बनाउनु आवश्यक पर्छ । यौनले तपाईंलाई आनन्दका साथ रमाइलो पनि प्रदान गर्ने गर्छ । यौन सहज हुनु पर्छ भन्ने कुरा साँचो हो । सम्बन्धका प्रारम्भिक दिनहरुमा तपाईं सिंगारिएर, क्यान्डल बालेर, उत्तेजक पहिरन लगाएर यौनका लागि तयार हुनु हुन्थ्यो होला । ती दिनहरुलाई सम्झनु पर्छ । त्यसैले यौनका लागि सधैं सहज र नयाँपन ल्याउनु पर्छ ।

पुरुषहरु दिनहुँ यौन सम्पर्क राख्न चाहन्छन्

प्रायः महिलाहरु पुरुषहरुको बारेमा यस्तै राय राख्छन् । उनीहरुलाई पुरुष सधैं यौनका लागि तयार रहन्छन् । यदि उनीहरुलाई खुशी राखीएन भने उनीहरु बाहिर प्रेम र यौन खोज्न थाल्छन् भन्ने महिलाहरुको सोचाई हुन्छ । पुरुष मात्र होइन, त्यस्ता धेरै महिलाहरु पनि हुन्छन्, जो यौनप्रति धेरै अपेक्षा राख्छन् । त्यसैले यौनको इच्छा कहाँ र कति हुन्छ भन्ने कुरा व्यक्तिमा निर्भर हुन्छ ।

महिलाहरु यौनमा रमाउँदैनन्

यो पनि एउटा ठुलो गलत धारणा हो । यसको शिकार पनि सबैभन्दा धेरै महिलाहरु नै धेरै भएका छन् । महिलाहरु स्वंयलाई यौन भनेको पुरुषहरुलाई खुशी बनाउनका लागि गरिने क्रिया हो भन्ने लाग्छ । त्यसैले उनीहरु यौनको पहल गर्न पनि अफ्ठ्यारो मान्छन् र आफुलाई यौन इच्छा र अनिच्छा भएको पनि भन्न सक्दैनन् ।

उनीहरु आफ्नो पार्टनरको मन र मुड अनुसार यौन सम्पर्क राख्छन् । तर यस प्रकारको यौन सम्पर्कमा कुनै भावना हुँदैन । यौन एउटा भावना हो, कुनै रुटिनको काम होइन, जसलाई गर्नु पर्ने बाध्यता हुन्छ । यो भावनालाई जबसम्म महसुस गरिँदैन, तबसम्म आफ्नो पार्टनरसंग जोडिएका महसुस हुँदैन ।

उमेर बढेपछि यौन इच्छामा कमी आउँछ

हाम्रो समाजमा प्रायः व्यक्तिहरुको सोचाई के हुन्छ भने अब बच्चाहरु ठुला हुँदैछन्,  त्यस्तो अवस्थामा यी कुराहरु शोभा दिँदैनन् । वास्तवमा यौनसंग उमेर र बच्चा ठुलो हुनुसंग कुनै प्रकारको सम्बन्ध हुँदैन । तपाईं जबसम्म स्वस्थ र यसमा इच्छा राख्नु हुन्छ, तबसम्म यौन सम्पर्क राख्न सक्नु हुन्छ । यसमा केही नराम्रो मान्नु पर्दैन ।

यौनमा के मन पर्छ के पर्दैन जान्नु पर्छ 

सबैभन्दा पहिला तपाईंले आफ्नो पार्टनरलाई मन भित्रको कुरा नभनी थाहा हुँदैन  भन्ने कुरा बुझ्नु पर्छ । जबसम्म तपाईंहरुबीच कुराकानी हुँदैन, तबसम्म तपाईंहरुलाई एक-अर्काको बारेमा केही थाहा हुँदैन। तपाईंहरुले केवल अनुमान मात्र लगाउन सक्नु हुन्छ । जसरी सम्बन्धको बलियो आधारका लागि सञ्चार अति आवश्यक हुन्छ, त्यसरी नै यौनका लागि पनि खुलेर कुरा हुनु अति नै आवश्यक छ ।

विवाहिता दम्पतीहरु पारम्परिक यौन क्रिया नै गर्छन्

अधिकांश जोडीहरुमा यौनका बारेमा विभिन्न किसिमका कल्पनाहरु हुन्छन् । उनीहरुको कल्पनाको यौन संसार भिन्दै प्रकारको हुन्छ भने वास्तविकता त्यो भन्दा कोशौं टाढा हुन्छ । किनभने यौनका बारेमा तपाईंको मनमा विभिन्न भ्रमहरु रहेका हुन्छन् । विवाहपछि यौनमा धेरै प्रयोगहरु गरिंदैन भन्ने तपाईंको सोचाई हुन्छ ।

तपाईंहरुले आफ्नो कल्पनाहरु एक-अर्कासंग छलफल गर्न सक्नु हुन्छ र सम्भव भएसम्म ती कल्पनाहरुलाई पूरा गर्ने कोशिश गर्न सक्नु हुन्छ । तपाईंले आफ्नो यौन जीवनलाई पारम्परिक यौनको नाम दिएर यसलाई दिक्क लाग्ने बनाउनु हुँदैन । त्यसकारण आफ्नो सम्बन्धलाई कमजोर पनि हुन दिनु हुँदैन ।

बढ्दो उमेरसंगै जिस्कने र ठट्टा गर्ने कुराहरु कम हुन्छन्

यो कुरा साँचो होइन । तपाईंको उमेरसंग यी कुराहरुको कुनै सम्बन्ध छैन । तपाईंहरुको सम्बन्धमा ख्याल ठट्टा र जिस्कने कुराहरु सधैं आवश्यक हुन्छ । त्यसले तपाईंको रोमान्सलाई यथावत राख्छ । उत्कृष्ट यौन र सम्बन्धका लागि तपाईंको उमेर जस्तो भए पनि दुबैले ख्याल ठट्टा गर्नु अति नै आवश्यक छ ।

जवानहरुसंग यौनको अनुभव रमाइलो हुन्छ

यो पनि एउटा ठुलो भ्रम हो । यौन अनुभव उमेरसंगै झन् राम्रो हुँदै जान्छ ।  तपाईंहरु दुबै समयसंगै एक-अर्कालाई राम्रोसँग बुझ्दै जानु हुन्छ । त्यस्तो स्थितिमा उमेरको यौनको अनुभवसंग राम्रो यौनका लागि कुनै सम्बन्ध हुँदैन । जवान पार्टनरसंग यौनको अनुभव राम्रो हुन्छ भन्ने आवश्यक छैन ।

श्रीमतीलाई चरमसुख प्राप्त भएन भने श्रीमान्लाई कमजोर सोच्न थाल्छिन्

यस प्रकारको सोच पुरुष र महिला दुवैमा हुन्छ । यदि सही तरिकाल यौन सम्पर्क भयो भने दुवैलाई एक साथ चरमसुख प्राप्त हुन सक्छ । तर कहिलेकाहिं यदि यौन सम्पर्क राख्दा धेरै उत्तेजित हुनाले अथवा अन्य कारणहरुले दुबैमध्ये कोहि एकलाई छिट्टै स्खलित हुन्छ भने त्यसको अर्थ उ कमजोर छ भन्ने हुँदैन । त्यस्तो हुनु स्वभाविक नै हो । समयसंगै जब तपाईंहरु दुबैको सोचाई र अनुकुलता बढ्छ, तब तपाईंहरुमा सहजता पनि बढ्छ र तपाईंहरुको अनुभव राम्रो हुन्छ ।

यौनले कमजोर बनाउँछ

यो सोचाई आज पनि रहेको छ । लामो समयसम्म पनि खेलाडीहरुलाई आफ्नो प्रस्तुतिको पहिलो रात यौन सम्पर्क नगर्नु भन्ने सल्लाह दिने गरिन्थ्यो । यो सोचाईको मुख्य कारण भनेको यौन सम्पर्क नराख्दा तपाईंको उर्जा खर्च हुँदैन र तपाईंले आफ्नो एग्रेसन तपाईंको प्रस्तुतिमा दिनु हुन्छ, जसले तपाईंको प्रदर्शन उत्कृष्ट हुन्छ । तर अहिले विभिन्न सर्वेक्षणले यो कुरामा कुनै वास्तविकता नरहेको प्रमाणित गरिसकेको छ । यौनले तपाईंको प्रदर्शनलाई राम्रो बनाउँछ ।

पोर्न फिल्मलेे यौन जीवनमा नयाँ जोस 

धेरै मानिसहरुको सोचाई के हुन्छ भने पोर्न फिल्महरुमा देखाइएका कुराहरु वास्तवमा नै सम्भव हुन्छ । तर त्यस्ता फिल्महरुले यौनलाई गलत सन्दर्भमा गलत तरिकाले देखाइएको हुन्छ । त्यो केवल पैसा कमाउने उद्योग हो । त्यसलाई तपाईंको यौन जीवन अथवा तपाईंलाई यसका बारेमा शिक्षा दिने कुनै रुचि हुँदैन । यसले तपाईंलाई त्यहि देखाउँछ, जुन तपाईंलाई बढि उत्तेजक लाग्छ । तर यथार्थमा ती कुराहरु सम्भव हुन सक्दैन । कोहि-कोहिले आफ्नो पार्टनरलाई पोर्न फिल्म हेरेर त्यस्तै प्रस्तुती गर्न दवाव दिन्छन्, जसले सम्बन्धमा फाटो आउन थाल्छ ।

राम्रो यौनका लागि पार्टनरका भावनाहरुप्रति ध्यान दिनु सबैभन्दा अँवश्यक छ । पोर्न फिल्म हेर्ने बानीले तपाईंको यौन जीवन पूर्ण रुपमा अन्त्य गर्ने अवस्थामा पुर्‍याउन सक्छ भन्ने कुरालाई पनि ध्यान दिनु पर्छ । किनभने पोर्न फिल्म हेरेपछि तपाईंलाई आफ्नो वास्तविक यौन बोरिङ लाग्न थाल्छ र तपाईंलाई त्यो पर्दा पछाडिको संसार धेरै रमाइलो र रंगीन लाग्न थाल्छ ।

अल्कोहलले यौन क्रियाकलाप राम्रा बनाउछ

शुरुवाती क्रममा तपाईंलाई त्यस्तो लाग्छ, तर अल्कोहलले भविष्यमा तपाईंको प्रस्तुती र स्वास्थ दुबैलाई हानी पुर्‍याउनुको साथै यसले सम्बन्धमा नकारात्मक असर पनि पार्छ । त्यसैले कहिलेकाहिं यसको सेवनले तपाईंको मूड राम्रो बनाउन सक्छ, तर त्यसको लत राम्रो होइन । यौनसंग सम्बन्धित यसको भ्रम खतरनाक हुन्छ ।

यौनका बारेमा किन यति धेरै भ्रमहरु हुन्छन् ?

-हाम्रो समाजमा यौनका बारेमा धेरै कुराकानी अथवा छलफल गरिंदैन । जसका कारण धेरै प्रश्नहरु मनमा नै रहन्छ ।

-गलत स्थानबाट जानकारी हासिल गर्नु पनि भ्रम बढाउनु हो ।

-साथीभाइहरुसंग यौनको बारेमा बढाई-चढाई गरेर कुरा गर्ने बानी मनमा विभिन्न गलत धारणाहरु उत्पन्न गराउछ ।

-घर-परिवारमा पनि यौनका बारेमा कुरा गर्न निषेध गरिएको हुन्छ ।

-महिलाहरुलाई सधैं यौनको इच्छा दवाएर राख्ने शिक्षा दिइन्छ ।

-महिलाहरुलाई हुर्काउने क्रममा यौन एउटा फोहोर कुरा हो, जसलाई खराब चरित्रको मानिसहरुले मात्र महत्व दिन्छन् भनेर सिकाइएको हुन्छ ।

-यौनको मुख्य उद्देश्य नै श्रीमान्लाई खुशी बनाउनु हो भनेर छोरीहरुलाई  सिकाइन्छ ।

-व्यक्तिगत र यौन सरसफाई, सुरक्षित यौनको कुराहरु भन्नु आवश्यक मानिंदैन ।

-रिलेशनसिप एक्सपर्ट अथवा सेक्स थेरापिस्टकहाँ जाने सल्लाह दिइँदैन ।

-पुरुषहरुको लालन-पालन अति नै लापरवाहीसंग गरिएको हुन्छ, जसका कारण महिलाहरु मात्र उनीहरुको सन्तुष्टिको माध्यम हो भन्ने उनीहरुमा भ्रम हुन्छ ।

-उनीहरुलाई महिलाहरुको यौन आवश्यकतामा ध्यान दिने सल्लाह कहिले दिइँदैन ।

-यौन र भावनाहरुको समन्वयलाई बुझ्नु पर्छ भनेर सिकाइँदैन ।

यस्ता भ्रमहरुलाई कसरी हटाउने ?

-यौन सम्बन्धि शिक्षा समयमा नै दिनु पर्छ ।

-लिंगको आधारमा यौन आवश्यकता र जिम्मेवारीहरुलाई बाँढ्नु हुँदैन ।

-यौनका बारेमा कुरा गर्न सजिलो होस् भन्ने कुरा अभिभावकले आफु र बच्चाहरुलाई बुझाउनु र बुझ्नु आवश्यक छ ।

-यौनलाई फोहोर काम भन्ने गल्ति गर्नु हुँदैन

-यो एउटा सहज र प्राकृतिक क्रिया हो भन्ने कुरा बुझ्न र बुझाउनु पर्छ ।

-यौनका बारेमा आफ्नो सोचाईमा परिपक्वता  ल्याउनु पर्छ । एक्सपर्टहरुको सल्लाह लिन अपठ्यारो मान्नु हुँदैन ।

-बच्चाले गलत ठाउँहरुबाट यौन सम्बन्धि जानकारी लिएका छन् कि भन्ने कुरा अभिभावकले ध्यान दिनु पर्छ ।

-भिन्दा-भिन्दै तरिकाले यसबारेमा शिक्षा दिनु पर्छ ।

-सम्बन्ध बलियो होस् भन्नका लागि यौन र यौनका बारेमा सही सोच र महत्वलाई सम्झाउनु पर्छ ।

-यदि कुनै यौन सम्बन्धि समस्या छ भने त्यसलाई शेयर गर्नु पर्छ । यो तपाईंको कमजोरी अथवा नराम्रो कुरा होइन । त्यस्ता समस्याहरु लुकाउँदा तपाईंको सम्बन्ध र स्वास्थ्य दुबैका लागि घातक हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment