Comments Add Comment

प्रधानमन्त्रीको उपचार खर्च ५ देखि ६ लाख रुपैयाँ

३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्दा ५ देखि ६ लाख रुपैयाँ खर्च लागेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । गत बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

शुक्रबार प्रधानमन्त्री डिस्चार्ज भई बालुवाटार निवास फर्केपछि पत्रकारसँग कुरा गर्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले उपचार खर्च पुरै हिसाब गरि नसके पनि ५ देखि ६ लाख लागेको बताए ।

अब प्रधानमन्त्रीको स्वास्थ्यको रेखदेख निजी चिकित्सक र नर्सहरुले बालुवाटारमै गर्ने उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment