+
+

स्पेन र फ्रान्समा पनि आपतकालीन प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते ८:०३

२ चैत, काठमाडौं । स्पेन र फ्रान्सले पनि आपतकालीन प्रतिबन्धको घोषणा गर्दै जमघट, हिँडडुललगायतका कार्यमा प्रतिबन्ध लगाएका छन् । कोरोना कहरबाट बँच्न इटलीले अवलम्बन गरेको उपाय पछ्याउँदै दुई ठूला युरोपेली मुलुकहरू स्पेन र फ्रान्सले पनि आपतकाल घोषणा गरेका हुन् ।

स्पेनले नागरिकहरूलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । यद्यपि, अत्यावश्यकीय औषधिलगायतका सप्लाइ कार्यमा भने प्रतिबन्ध नरहने बीबीसीले जनाएको छ ।

स्पेन कोरोना भाइरसबाट अत्यधिक प्रभावित भएको इटलीपछिको युरोपेली मुलुक हो । हालसम्म यहाँ १ सय ९१ जनाको मृत्यु भइसकेको छ ।

फ्रान्सका लागि पनि कोरोना भाइरस टाउको दुखाइको विषय भएको छ । हालसम्म यहाँका ९१ मानिसको कोरोना संक्रमणका कारण ज्यान गएको छ । बीबीसीका अनुसार, आपतकाल घोषणा गरेको फ्रान्सले क्याफे, रेस्टुरेन्ट, सिनेमादेखि अधिकांश पसल बन्द गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?