Comments Add Comment

पूर्व मिस नेपाल उषा खड्गीले तोडिन् वैवाहिक सम्बन्ध

चलचित्र ‘आउँदै जाँदै’ निर्माणको घोषणा कार्यक्रममा जीपी तिमल्सेना र उषा खड्गी ।

२ चैत, काठमाडौं । पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकी छन् । उनले एक टेलिभिजनसँगको कुराकानीमा वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी हुन् ।

खड्गीको १७ वर्षअघि जीपी तिमल्सेनासँग विवाह भएको थियो । विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छन् ।

वैवाहिक सम्बन्धका क्रममा झेलेको हिंसाको प्रसंगमा खड्गी भक्कानिएकी छन् । ‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो,’ उनले वैवाहिक सम्बन्ध तोड्नुको कारणबारे भनेकी छन् ।

यसअघि नै उषा र जीपीबीच डिभोर्स हुने चर्चा चलेको थियो । यद्यपि उनीहरु दुवैले त्यसलाई नकार्दै आएका थिए । तर, अहिले उषा आफैंले यसबारे मुख खोलेकी हुन् ।

उनले फेसबुकमा स्टाटसमा लेख्दै माया र सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छन् र यसले आफूलाई थप बलियो बनाएको बताएकी छन् ।

जीपी तिमल्सेना र उषा खड्गीबीच १९ वर्षअघिको चिनजान हो । २ वर्ष रिलेसनसिपमा बसेपछि उनीहरूबीच बिहे भएको थियो । हाल उषा र जीपीबाट एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment