Comments Add Comment

कोरोना संक्रमित चीनमा भन्दा इटलीमा धेरै

२ चैत, काठमाडौं । चीनबाट सुरु भएको नोवल कोरोना (कोभिड–१९) भाइरस संक्रमित सबैभन्दा बढी इटलीमा देखिएको छ । पछिल्लो तथ्यांक अनुसार, इटलीमा १७ हजार ७५० संक्रमित छन् । जबकि, चीनमा १० हजार ७ सय ७३ मात्रै संक्रमित छन् ।

चीनमा स्वास्थ्यलाभ गर्ने दर अत्यधिक भएपछि संक्रमितको संख्या घटेको हो । चीनमा कुल ८० हजार ८४४ संक्रमितमध्ये ६६ हजार ९१२ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा चीनमा जम्मा २० नयाँ संक्रमित देखिएको छ ।

इटलीका २१ हजार १५७ संक्रमितमध्ये जम्मा १ हजार ९६६ जना निको भएका छन् । इटलीमा १ हजार ४४१ ज्नाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

१५० देशमा कुल ७४ हजार ९५८ जनामा मात्रै यसको संक्रमण बाँकी छ । उनीहरू ६९ हजारभन्दा बढीको अवस्था सामान्य रहेको एजेन्सीहरूले जनाएका छन् ।

कोरोना देखिएका १ एक लाख ५६ हजार ७३० मध्ये ७५ हजार ९३३ जना निको भइसकेका छन् । कोरोनाबाट ५ हजार ८३९ जनाको ज्यान गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment