
२ चैत, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले मार्च महिनाभरका लागि साउदी अरवको उडान रद्द गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलन डरले साउदी सरकारले १५ मार्चदेखि लागु हुने गरी दुई साताका लागि साउदीमा अस्थायी प्रतिवन्ध लागेको छ ।
सोही अनुसार हिमालयले यस रुटमा सबै दुई साताका लागि सबै उडान रद्द गरेको हो । साउदीमा नेपालबाट हिमालय एयरलाइन्सले मात्र उडान गरिरहेको थियो । कम्पनीका अनुसार सोमबारबाट साउदीको दमाममा भइरहेको उडान रद्द गरिएको छ ।
यो रुटमा टिकट लिइसकेका यात्रुले एक पटकका लागि निःशुल्क टिकटको मिति परिवर्तन गर्न सक्ने भएका छन् । यसअघि हिमालयले चीनका पाँचवटै गन्तब्यको उडान झिकेको छ ।
यसबाहेक कतारको दोहाबाट समेत हिमालयले उडान रद्द गरेको छ । पछिल्लो समय नेपाली कामदारको बाहुल्य रहेका खाडी र अरव क्षेत्रमा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको छ ।
प्रतिक्रिया 4