Comments Add Comment

कोरोनाको कारण सिप्यान क्रिकेट अवार्ड पनि स्थगित

काठमाडौं । कोरोना भाइरसको कारण क्रिकेट खेलाडी संघ (सिप्यान)ले आयोजना गर्ने भनेको सिप्यान क्रिकेट अवार्ड पनि स्थगित भएको छ । यसअघि चैत २१ गते अवार्ड हुने तय थियो ।

सिप्यानले आइतबार एक विज्ञप्ति निकाल्दै तत्कालका लागि अवार्ड स्थगित गरेको जनाएको छ । यसअघि सिप्यानले चैत २१ गते एक समारोह बीच सिप्यान क्रिकेट अवार्ड प्रदान गर्ने जनाएको थियो।

नेपाली क्रिकेट खेलाडीहरुको प्रदर्शन र खेल कौशललाई मूल्याङ्कन गरी पुरस्कृत गर्दै लैजाने लक्ष्यका साथ गएको वर्षदेखि सिप्यानले क्रिकेट अवार्ड दिन थालेको थियो ।

अवार्ड समारोहमा विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्ने तयारी थियो । जसमा वर्ष खेलाडी महिला र पुरुष, वर्ष उदयीमान खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड रहेको छ । वर्ष खेलाडी महिला र पुरुषले नगद १ लाख ३२ हजार पाउनेछन् भने अन्य ३ विजेताले समान ६६ हजार पाउनेछन् ।

अवार्ड कार्यक्रम अनुकुल अवस्था सिर्जना भएपछि गर्ने र त्यसका लागि अर्को मितिमा जानकारी गराउने सिप्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment