Comments Add Comment

गुडिरहेको गाडीको टायर खुलेर २०० मिटर टाढा पुगेपछि …

२ चैत, जनकपुरधाम । सिरहामा अनौंठो किसिमको सवारी दुर्घटना भएको छ । गुड्दै गरेको एक सरकारी कार्यलायको गाडीको टायर खुलेर २०० मिटर टाढासम्म पुगेको हो ।

जिल्ला समन्वय समिति सिरहाको स१झ ९१ नम्बरको जिप गुडिरहेकै बेलामा आइतबार दिउँसो सदरमुकाम नजिकै टायर एक्कासी खुलेको गाडीमा सवार जिल्ला समन्वय अधिकारी राजीव झाले जानकारी दिए ।

झा उक्त गाडीमा आफ्नो घर राजविराजबाट सिरहातर्फ आइरहेका थिए । ‘सिरहा सदरमुकाम पुग्न झण्डै २ किलोमिटर बाँकी रहँदा एक्कासी अगाडिको दाहिने साइडको टायर खुल्यो,’ झाले भने, ‘उक्त टायर खुलेर २ सय मिटर टाढा खेतमा पुग्यो ।’

उनले गाडीको टायर एक्कासी खुलेपछि झण्डै ५० मिटर गाडी घस्रिएको बताए । गुड्दै गरेको अवस्थामा टायर खुले पनि आफू र चालक सकुशल रहेको झाको भनाइ छ ।
उनले गाडी चालक गौतम आले मगरको सुझबुझका कारण कुनै ठूलो दुर्घटना नभएको र आफूहरु सकुशल रहेको बताए ।

एकसाता अगाडि पर्सा जिल्लामा पनि अनौठो किसिमको दुर्घटना भएको थियो । पुलको बारमा लडेका युवकको पेट र खुट्टा एक भागमा र टाउको अर्काे भागमा परे लगत्तै उनको पेटमै मोटरसाइकल चढेको थियो ।

बाराको सिमरा उप-महानगरपालिका १६ स्थित पूर्वपश्चिम राजमार्गमा पुलको बारमा युवक सुतिरहेको र उनको माथि मोटरसाइकल चढेको देखिएको थियो ।

हेटौंडा उपमहानगरपालिका ७ का २८ वर्षीय मिठाराम दुरालको छाती पुलमा अडिरहेको थियो भने पेटमा उनैले चलाएको ना१२प ९१२ नम्बरको मोटरसाइकल चढेको अवस्थामा देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment