+
+
Shares

नाकामा कडाइ गर्न प्रदेश १ का सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते १८:२८

२ चैत, विराटनगर । प्रदेश १ का सासंदहरुले विश्वमा महाकारीका रुपमा फैलिएको कोरोना संक्रमण हुन नदिन उच्च सतर्कता अपनाउन नाकामा थप कडाइ गर्नुपर्ने बताएका छन् ।

प्रदेश सभाको आइतबार बसेको बैठकमा बोल्दै सांसदहरुले पूर्वको मूख्य नाका काकडभिट्टासहित रानी भद्रपुर र पशुपतिनगरको नाकाक्षेत्रमा स्थापना गरिएका हेल्थडेक्सबाट हुने स्वास्थ्य परीक्षण प्रभावकारी बनाउन थप जनशक्ति थप्न पनि सरकारसँग माग गरेका छन् ।

नेकपा संसदीय दलको तर्फबाट विषेश समयमा बोल्दै प्रदेश सांसद गोपालचन्द्र बुढाथाकीले धेरै मानिस आवतजावत् गर्ने नाकामा स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

‘हाम्रा नाकाबाट दैनिक १० देखि १२ हजार मानिस नेपाल भित्रने गरेका छन,’ बुढाथोकीले भने, ‘नाका क्षेत्रबाट एकैदिन यतिका धेरै मानिस आवतजावत गर्ने नाकामा राखिएका हेल्थडेक्समा रहने दुईजना स्वास्थ्यकर्मीले उनीहरुको स्वास्थ्य परीक्षण गर्न कतिको सम्भव छ ?’

कोरोनाको संक्रमण हुन नदिन सरकारले उच्च सतर्कता अपनाउने हो भने तत्काल हेल्थडेक्समा आवश्यक स्वास्थ्यकर्मी थप्न पर्ने उनको भनाइ छ ।

उनले सीमा नाकालाई थप व्यवस्थित पर्न आवश्य जनशक्ति  थप गरी नाका क्षेत्रमा सुरक्षाकर्मी पनि थप गर्न माग गरे ।

प्रदेश सा‌ंसद बुढाथोकीले नाका क्षेत्रमा कोरोना संक्रमणको आंशका भएका मानिसलाई तत्काल अस्पताल पुर्‍याउने व्यवस्थाका लागि एम्बुलेन्स पनि राख्नुपर्ने बताए ।

प्रदेश सरकारले घोषण गरेका अस्पतालहरुमा तत्काल आइसोलेसन वार्डको व्यवस्था गर्नु पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?