+
+
Shares

पेस्तोलसहित रौतहटबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३ गते १२:५७

३ चैत, रौतहट । रौतहटबाट पेस्तोलसहित सोमबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका-३ राजपुर तुलसीका ४९ वर्षीय शेष बैतुल्ला रहेका छन् ।

बैतुल्लाको साथबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान,  चाइनिज पेस्तोलमा प्रयोग हुने १ थान म्याग्जिन र ७.६५ एमएमको वाल राउण्ड २ थान बरामद भएको रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रवीनराज कर्णजीतले जानकारी दिए ।

सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनलाई यमुनामाई गाउँपालिका-३ राजपुर तुलसीबाट नियन्त्रणमा लिएको उनले बताए ।

बरामद गरिएका हतियारसहित बैतुल्लालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?