Comments Add Comment

उद्योगी र बिक्रेता भन्छन् : ग्यास पाइन्छ, धैर्य गर्नुहोस्

३ चैत, काठमाडौं । ग्यास उद्योगी र बिक्रेताले उपभोक्ताले आवश्यकता भन्दा धेरै सिलिण्डर भरेर राखेकाले खाना पकाउने ग्यास अभाव भएको दावी गरेका छन् ।

उद्योगी र बिक्रेताले सोमबार पत्रकार सम्मेलन गरी ग्यासको आयात विगतभन्दा पनि बढी भएको भन्दै उपभोक्तालाई धैर्य धारण गर्न आग्रह गरेका छन् ।

‘ग्यासको आयात विगत भन्दा पनि हालको अवस्थामा केही बढी नै रहेकाले सम्पूर्ण उपभोक्ताहरुमा धैर्यधारण गरिदिनुहुन र एलपी ग्यासजस्तै अत्यधिक प्रज्वलनशील पदार्थलाई आवश्यकता भन्दा बढी सञ्चय नगर्न सम्पूर्ण उपभोक्ता महानुभावहरुमा अनुरोध गर्दछौं’ ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी र ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले विज्ञप्तिमार्फत भनेका छन् ।

उद्योगी र बिक्रेताले ग्याससहितको सिलिण्डर बिक्री नगर्न ग्यास बिक्रेतालाई आग्रह गरेका छन् । उनीहरुले आपूर्ति व्यवस्था सहज राख्न प्रतिवद्ध रहेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment