+
+
Shares

फिलिपिन्समा वित्त बजार अनिश्चितकालका लागि बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १२:११

काठमाडौं । फिलिपिन्सले नोवेल कोरोना भाइरस कोभिड-१९ को महामारीको कारण शेयरसहित सबै वित्त बजार बन्द गर्ने निर्णय गरेको छ ।

फिलिपिन्सले अर्को सूचना नआउञ्जलेसम्मका लागि भन्दै वित्तीय बजार बन्द गर्ने निर्णय गरेको हो ।

फिलिपिन्सको स्टक एक्सचेन्ज र बैंकर्स एशोसिएसन अफ द फिलिपिन्सले मंगलबारदेखि लागू हुने गरी यो निर्णय लिएको हो ।

यसअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले पनि कोरोना भाइरसको महामारीबाट बच्न मुलुकमा एक महिनादेखि लागू गरिएको ‘लक डाउन’ थप बढाउने निर्णय गरेका थिए ।

अहिलेसम्म फिलिपिन्समा कोभिड-१९ का १४२ जना संक्रमित भेटिएका छन् भने मृत्यु हुनेको संख्या पनि १२ पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?