Comments Add Comment

समृद्धिको साँचो कर्णालीमा छ : मन्त्री भण्डारी

‘पाहुना कर्मचारी’बाट अपेक्षित उपलब्धि भएन

४ चैत, काठमाडौं । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समृद्धिको ताल्चा खोल्ने साँचो कर्णालीमा रहेका बताएका छन् ।

काठमाडौंमा पत्रकारसँग कुरा गर्दै मन्त्री भण्डारीले भने, ‘समृद्धिको साँचो कर्णाली हो । समृद्धि कर्णालीकै साँचाले खोल्न सक्छ ।’

कर्णालीमा समृद्धिको सम्भावना रहेको तर चुनौती अझै बढी रहेकोले ‘अभाव कर्णाली’को परिभाषा बदल्न सके मात्रै समृद्धि सम्भव रहेको मन्त्री भण्डारीको भनाइ छ ।

कर्णालीले प्रचुर सम्भावना र भयानक गरिबीको विरोधाभाषविरुद्ध लड्नु परिहेको भन्दै उनले नेपालको परिभाषा बदल्न चाहनेहरुले एकपटक कर्णालीको अध्ययन गर्नु जरुरी भएको बताए ।

कर्णालीको भयानक गरिबी हटाउँदै जाने र समृद्धिका लागि प्रदेश सरकारले अहिले इमान्दार प्रयत्न गरिरहेको उनको दाबी छ ।

तर, नयाँ संरचनामा बामे सर्दै गर्दा छोटो समयमा जनताका अपेक्षाहरु पूरा हुन नसकेको मन्त्री भण्डारीले स्वीकार गरे । ‘केन्द्रीकृत सोच नभत्काए समृद्धि झाँगिने अवस्था छैन,’ उनले भने,‘बामे सर्दै गर्दा जनताका आकांक्षा पूरा हुन सकेनन् कि ? तर पूरा हुन्छ । समय लाग्छ ।’

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भइरहेको र प्रदेश योजना आयोगले पनि योजना तयार पारिसकेको उनको भनाइ छ ।

तर, कर्मचारी खटनपटनका कारण अपेक्षित उपलब्धि हासिल गर्न गाह्रो परेको मन्त्री भण्डारीले बताए । दुई वर्ष वितिसक्दा पनि ‘पाहुना कर्मचारी’ले काम चलाउनु परेकोले संघीय निजामती ऐन छिटो पारित गर्न माग गरे ।

कर्णालीलाई निजामती कर्मचारीको जेलका रुपमा लिइएकोले विशेष प्याकेज घोषणा गर्दा पनि कर्मचारी जान नमानेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment