Comments Add Comment

श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

४ चेत, काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

गत फागुन ३० गते मृत भेटिएकी भक्तपुर सूर्यविनायक नगरपालिका-९ नंखेलकी ३२ वर्षीय पबित्रा ब्याञ्जुको हत्या गरेको आरोपमा प्रहरीले उनकै श्रीमान राजन ब्याञ्जुलाई पक्राउ गरेको हो ।

मृतक पबित्राका दाइ प्रेमबहादुर घर्तीले दिएको किटानी जाहेरीका आधारमा राजनलाई पक्राउ गरी अनुसन्धान थालिएको महानगरीय यप्रहरी परिसर भक्तपुरले जनाकारी दिएको छ ।

आफ्नै घरको दुई तलामा नाकबाट रगत बगिरहेको र शरीरमा निल डाम देखिएको अवस्थामा पबित्राको शव भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा राजनले मादक पदार्थ सेवन गरेको र खाना पकाउने र खाने विषयमा विवाद हुँदा दाउराले हानेर श्रीमतीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment