Comments Add Comment

वीरगञ्जबाट एक ट्रक ओखर बरामद

४ चैत, वीरगञ्ज । अवैध रुपमा भारततर्फ लैजान लागेको आशंकामा प्रहरीले वीरगञ्जबाट एक ट्रक ओखर बरामद गरेको छ ।

ना.५.ख १०५४ नम्बरको मिनी ट्रकमा लोड गरेर भारत तर्फ लैजान लागेको आशंकामा प्रहरीले वीरगञ्ज महानगरपालिका–१९ बाट करिब ३० लाख मूल्य बराबरको ओखर बरामद गरेको हो ।

ओखर तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले वीरगञ्ज–१९ बस्ने २८ वर्षीय अनोज रामलाई समेत नियन्त्रणमा लिएको छ ।

‘सोमबार साँझ बरामद गर्दा बिल थिएन, आज बिल ल्याएका थिए, यो पनि दुई दिन अघिको मिति थियो । बदमाशी भएको हुन सक्ने आशंका छ,’ पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विरेन्द्र शाहीले भने ।

ओखर सहितको मिनी ट्रक र रामलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment