Comments Add Comment

पनौतीको कर्फ्यू हट्यो

४ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनौतीमा लगाएको कर्फ्यू हटाएको छ । मंगलबार राति ८ बजेदेखि लागु हुने गरी कर्फ्यू आदेश हटाइएको हो ।

सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा पैदलयात्रु खानीखोला गाउँपालिकाकी ३० वर्षीया जनिमाया गोले र उनकी छोरी ३ वर्षीया स्मारिका गम्भीर घाइते भएका थिए । लगत्तै उनीहरुलाई उपचारका लागि शीर मेमोरियल अस्पताल पठाइए पनि उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यसपछि स्थानीयबासी टिपर आतंकविरुद्ध आन्दोलित बनेका थिए । त्यसक्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा पाँच जना प्रहरी र तीन जना सर्वसाधारण घाइते भएका थिए ।

मंगलबार बिहानै प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । टिपर चालक नवराज थापाविरुद्ध किटानी जोहरी दर्ता भएपछि स्थिति साम्य बनेको काभ्रेका एसपी रविकुमार पौडेलले अनलाइनखबरलाई बताए । त्यसपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू हटाउने आदेश जारी गरेको बताइएको छ ।

यो पनि पढ्नुहोस पनौती घटना : कसरी लाग्यो प्रहरीलाई गोलीको छर्रा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment