Comments Add Comment

सिवाकोटीले पाए कार्यबाहक गभर्नरको जिम्मा

४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पाएका छन् । मंगलबार अर्थमन्त्रालयले नेपाल सरकार (मन्त्री स्तर) को निर्णयबाट निर्णय भएको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि सिवकोटीलाई कार्यबाहक गभर्नरको जिम्बेवारी दिएको जानकारी गराएको हो ।

गभर्नर नेपाल ५ वर्षे कार्यकाल पुरा गरी मंगबारबाट नै बाहिरिएका छन् । नेपालको कार्यकाल सकिन एक महिना अघि नै नयाँ गभर्नर नियुक्त गर्नु पर्ने भए पनि सरकारले नियुक्त गर्न सकेको छैन । नयाँ गभर्नर नियुक्त हुन समय लाग्ने भएकाले सिवकोटीलाई अर्थमन्त्रालयले कार्यबाहककाे जिम्मा दिएको हो ।

‘नेपाल सरकार माननीय (मन्त्री स्तरको) मिति २०७६।१२।४ गतेको निर्णय अनुसार तपाईलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ बमोजिम चैत ५ देखि अर्को व्यवस्था नभएसम्म नेपाल राष्ट्र बैंकको गभर्नरको कामकाज गर्नेगरी कायम-मुकायमा मुकरर गरिएको व्यहोरा अनुरोध गर्दछु’ मन्त्रालयले पत्रमा लेखेको छ ।

कार्यबाहकको दाबेदार अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि थिए । तर सिवकोटी नेकपा निकटका हुन् भने श्रेष्ठ नेपाली कांग्रेस निकटका व्यक्ति हुन् । डेपुटी गभर्नर सिवाकोटी राष्ट्र बैंकको गभर्नर पदका लागि बलिया दाबेदारका रूपमा समेत हेरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment