Comments Add Comment

कोरोनाले युरोप आक्रान्त, २४ घण्टामा झण्डै ६ सयको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी अहिले समग्र युरोपभर फैलिएको छ । चीनबाट फैलिएको यो भाइरसको कारण अहिले युरोपमा दैनिक हजारौं मानिसमा नयाँ संक्रमण देखिइरहेको छ । साथै नयाँ मृत्यु हुनेमा पनि युरोप अगाडि छ ।

मंगलबार विश्वभर कोभिड–१९ का १५ हजाभन्दा बढी नयाँ संक्रमित देखिएका छन् ।

यसमध्ये करिब ११ हजार नयाँ संक्रमण युरोपमा देखिएको छ ।

यस्तै ५ सय बढीको मृत्यु भएको छ । चीनपछिको सबैभन्दा प्रभावित मुलुक इटालीमा भाइरसको कारण मृत्यु हुनेको संख्या २ हजार ५०० कटिसकेको छ । मंगलबार एकै दिन इटालीमा यो भाइरसको कारण ३४५ जनाको ज्यान गएको थियो ।

त्यस्तै, यूरोपको दोस्रो सबैभन्दा प्रभावित मुलुक स्पेनमा पनि अहिले यो भाइरसको कारण मृत्यु हुनेको संख्या ५३३ पुगिसकेको छ । मंगलबार मात्र स्पेनमा १ हजार ८०० भन्दा धेरै नयाँ संक्रमित देखिएका थिए ।

त्यस्तै जर्मनीमा पनि मंगलबार करिब २ हजार १०० मानिसमा नयाँ संक्रमित देखिएका छन् । मंगलबार भाइरसको कारण जर्मनीमा नौ जनाले ज्यान गुमाएका थिए । त्यस्तै फ्रान्समा पनि एक हजारभन्दा धेरै संक्रमित पाइएका छन् भने २७ जनाले ज्यान गुमाएका थिए ।

बेलायतमा पनि मंगलबार १६ जनाको ज्यान गएको थियो भने झण्डै ५०० जनामा नयाँ संक्रमण देखिएको छ ।

एकै दिनमा ११ हजारभन्दा बढी मानिसमा नयाँ संक्रमण देखिनुले युरोपमा कोभिड–१९ को प्रकोप र त्रास झनै बढाएको छ । यो भाइरस नियन्त्रणको लागि भन्दै युरोपेली मुलुकले ३० दिनका लागि आफ्नो मुलुकमा आउजाउ गर्न प्रतिबन्ध लगाएका छन् ।

त्यस्तै यो भाइरसको कारण धराशयी बनेको अर्थतन्त्रमा सुधारको लागि भन्दै बेलायतले ४ खर्ब डलरको सहुलियत ऋणको योजना अघि सारेको छ । अर्थमन्त्री ऋषि सुनाकले कमजोर आर्थिक अवस्था भएका मुलुकलाई उक्त ऋण प्रदान गरिने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment