Comments Add Comment

ग्यास र पेट्रोलियममा कालोबजारी गर्नेलाई दुई लाख जरिवाना

फाइल फोटो

४ चैत्र, काठमाडौं । ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी दुई विक्रेतालाई जनही दुई लाखका दरले जरीवाना गराएको छ ।

सत्याल एण्ड किराना पसल टिकाभैरव र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार जनही दुई लाखका दरले जरीवाना गएकिो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागको अनुगमनका क्रममा सत्याल एण्ड किरानाले ग्यास तथा किराना सामानको कृत्रिम अभाव सिर्जना गरेको पाइएको विभागले जनाएको छ ।

यस्तै मैतिदेवी पेट्रोलियम सप्लायर्स मैतिदेवीले कृत्रिम अभाव देखाएर इन्धन भण्डारण गरेको विभागले फेला परेको थियो ।

बुधबार विभागको टोलीले १० वटा र्फम तथा सप्लायर्समा अनुगमन गर्दा ४ वटालाई जरीवाना गराइएको विभागले जनाएको छ ।

कुनैपनि वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, तोकिए भन्दा अधिकतम् मूल्य लिने काम कुनै पनि व्यपारीक र्फमहरुले गरे सम्पर्क गर्न विभागले आग्रह गरेको छ । उपभोक्ताले ११३७ मा फोन गरेर विभागमा गुनासो गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment