Comments Add Comment

शल्यक्रिया कम गर्न मेडिकल काउन्सिलको निजी अस्पताललाई सुझाव

५ चैत, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक नभएका शल्यक्रिया कम गर्दै लैजान स्वास्थ्य संस्थाहरुलाई सुझाव दिएको छ । साथै कोरोना संक्रमणको जोखिम बढेको भन्दै दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षा स्थगित गरिएको छ ।

काउन्सिलको विशेष पूर्ण बैठकले ठूला अस्पतालहरुले ज्वरो मापनका क्लिनिक सन्चालन गर्ने, अत्यावश्यक नभएका शल्यक्रिया कम गर्दै लैजाने, वेलनेस क्लिनिकहरु सञ्चालन नगर्ने र सुरक्षा साधनहरुविना डेन्टल क्लिनिकहरु नचलाउने लगायतका सुझाव स्वास्थ्य संस्थाहरुलाई दिएको छ ।

कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि सामाजिक पृथकता एकमात्र महत्वपूर्ण कदम भएको निष्कर्ष निकाल्दै काउन्सिल बैठकले चैत आठ गते निर्धारित लाइसेन्स परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । परिस्थितिलाई सूक्ष्म रुपले नियाल्ने र विज्ञहरुसँग राय लिएर उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनका लागि पूर्ण तयारीका साथ बस्ने निर्णय काउन्सिलले गरेको छ ।

काउन्सिलले कोरोनाको परीक्षण बढाउन, अत्यावश्यक सेवासँग सम्बन्धित बाहेकका सबैखाले बैठकहरुमा रोक लगाउने र अटेर गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन स्वास्थ्य मन्त्रालयलाई सुझावसमेत दिएको छ ।

हेर्नुस् काउन्सिलका निर्णयहरु –

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment