+
+
Shares

गाँजा र चरेससहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ५ गते १४:०१

५ चैत, वीरगञ्ज । पर्सामा गाँजा र चरेससहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका-४ देउरवानाका ५० वर्षीय नुर आलम मियाँ रहेका छन् ।

उनलाई प्रहरी चौंकी रंगपुरटाडी पर्साबाट खटिएको प्रहरी टोलीले पटेर्वा सुगौली गाउँपालिका-२ बैधनाथपुरबाट मंगलबार नियन्त्रणमा लिएको हो ।

उनको साथबाट एक किलो ५०० ग्राम गाँजा र एक किलो चरेस र एक किलो ५०० ग्राम चरेसको धुलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मियाँले साइकलमा गाँजा र चरेस ल्याउँदै गर्दा पक्राउ गरेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?