Comments Add Comment

प्रवेश पत्र दिने नाममा रकम लिने प्रअ घुससहित पक्राउ

५ चैत, जनकपुरधाम । विद्यार्थीलाई प्रवेश पत्र दिने नाममा २ हजार रुपैयाँ घुस लिएको आरोपमा धनुषाबाट सामुदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् ।

मिथिला नगरपालिका वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय नकटाझिजका प्रधानाध्यापक महेन्द्र मेहतालाई २ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले बुधबार पक्राउ गरेको छ ।

भोलि (बिहीबार)देखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीले फारम नभरेको र रकम दिए प्रवेश पत्र उपलब्ध गराइदिने भनेपछि विद्यार्थीले उनाई २ हजार रकम दिइरहेका थिए । सोही क्रममा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment